यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो ।
Let's save the Nature not for us, but for our coming generation.
प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।
Wednesday, August 13, 2008
देशभरका बाघको गणना गर्ने तयारी
यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो ।
देशभरका बाघको गणना गर्ने तयारी अन्य समाचार - आरक्षको जग्गा फँडानी गरेर बाँडफाँड - द्वन्द्वपीडित बालबालिका पढ्ने विद्यालयको अवस्था दयनीय
राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए ।
यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो ।
पछिल्लोपटक जुम्ला जिल्लामा पनि पाटेबाघ देखिएको वन्यजन्तु संरक्षण कोषले जनाएको छ । नेपालका निकुञ्ज र वनमा बासस्थान असुरक्षित भएका कारण बाघहरू भारततर्फ जाने क्रम बढेको संरक्षण कोष प्रमुख नेपालले बताए । बाघ भारततर्फ जान नदिन बासस्थान व्यवस्थित गर्न जरुरी रहेको पनि उनले औंल्याए । लोपन्मुख अवस्थामा रहेको पाटेबाघको संरक्षण र बासस्थानको सुरक्षाका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अणनाथ बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै एक सयभन्दा बढी पाटेबाघ हुनसक्ने अनुमान गरिएको छ । चितवनको सामुदायिक वनमा यस वर्षमात्रै दुई बाघ मारिएका छन् ।
If you save the nature, it saves your life.
Monday, August 4, 2008
Thursday, July 31, 2008
प्रकृतिको सुन्दर धरोहर – इलाम
Saturday, July 12, 2008
रारा जाने कि ?
Wednesday, July 9, 2008
चितवनका २८ हात्तीमा क्षयरोग
पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।
क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।
२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।
यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।
निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।
चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।
गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।
क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)
If you save the nature, it saves your life.
किन घट्दैछन दुर्लभ बाघ ?
दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बर्सेनी बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बर्सेनी घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्नेजिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाईआर्श्चर्यमानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरू धेरै चिन्तित देखिदैनन्, नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्नउनीहरू आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू बाघ घट्नुको कारण पहिचान गर्नपट्टी ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरूको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालेको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरू फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ मा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षो अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । भने २००१।०२ मा १७ वटा, २००२।०३ मा १८ वटा, २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरूमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ पूर्ण रूपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरू कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन्, 'बाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरू छिट्टै पूर्ण रूपले लोप भएर जाने देखिन्छ ।' नेपालमा बाघहरू शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । गणनाले प्रस्टरूपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बर्सेनी बाघको गणना गर्दैआएको भएता पनि अन्य दुइ आरक्ष क्षेत्रमा विगत आठ वर्षेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरूले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ मा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरूपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्ताको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गौरी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरूहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं. २०२९ सालमा वन विभाग अर्न्तर्गत शाखाको रूपमा स्थापना भईराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको कार्यप्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रूपमा काम गर्दैआइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भूदृष्यहरूको संरक्षण सर्म्वर्द्धन तथा व्यवस्थापन गर्नेउद्देश्यले स्थापना गरिएको विभागअर्न्तर्गत हाल नौवटा राष्ट्रिय निकुञ्ज, तीनवटा वन्यजन्तु आरक्ष, तीनवटा संरक्षण क्षेत्र, तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्तिक्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष सञ्चालन गर्न सयौ कर्मचारी कार्यरत छन्र उनीहरूले वाषिर्क करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि शुन्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्नउनीहरू प्र्ूण्ारुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अर्न्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सर्म्वर्द्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बर्सेनी ह्वात्तै घट्दै जान थालेपछि तिनीहरूको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न पूर्ण रुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरू सक्रिय विशेष गरि वेला वखत पक्राउ पर्नेबाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरूको ठूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सक्रिय छ । तस्करहरूले विभिन्न सम्बन्धसुत्रहरू राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरूलाईनिस्तेज गर्नेकार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दाविगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरूपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरूको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक पूर्व महानिर्देशक भन्छन् ' एक दुइजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरू विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुइतीन जना मन्त्रीहरू इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे , भ्रष्टाचारमा लिप्त हुन पुगे । 'विगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरूको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुइजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाईविश्वास गर्नेहो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरूमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्नेतस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरूको मिलीमतोमा नेपाली तस्करहरूले तस्करीलाईव्यापक पार्नेगरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरू बाघको खोजी गर्दैनेपाल आउने गरेका छन्र उनीहरूकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरूपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सर्म्बर्द्धनकालागि आ- आफ्नो तर्फाट सक्दो सहयोग गर्नेप्रतिबद्धता जनाएर सोही मुताविकको कार्यगर्नु पर्छ । पदको दुरुपयोग गर्दैवन विनास गर्नेतस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाईबदल्नै पर्नेभएको छ । सेना जस्तो महत्त्वप्र्ूण्ार सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन्भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नर्ुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दोकुरा हो । यस प्रति आप\mूलाईगौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, चितुवा, गौरीगाईमार्नेघाइते बनाउने खरिद गर्नेबिक्री गर्नेवा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्नर्ेलाई५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षेखि १५ वर्षम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरू प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी पूर्वक गर्नेहो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।
(राजधानीबाट)
If you save the nature, it saves your life।
Monday, July 7, 2008
नेपालमा तीन सयभन्दा बढी गौरीगाई
Tuesday, July 1, 2008
पाटेवाघ र गोहीको संख्या घट्यो
यसबाट छिमेकी मुलुक भारतका संरक्षित क्षेत्रमा बाघ सिकार गरिसकेका सिकारी नेपाल छिरेका छन् कि भन्ने आशंका संरक्षणकर्तामा उब्जिएको छ । त्यसो त पछिल्लो पटक गणना गरिएका अन्य दुर्लभ वन्यजन्तु गैंडा, गोही र गौरीगाईको संख्या पनि ओरालो लागिरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंगलबार र्सार्वजनिक गरेको शुक्लाफा“टा वन्यजन्तु आरक्षको -बाघको तेस्रो ठूलो बासस्थान) बाघ गणना प्रतिवेदनले संख्या अप्रत्यासित रूपमा स्वात्तै घटनुमा 'सिकार' प्रमुख कारण भएको जनाएको छ ।
तथ्यांकबाट आरक्षमा ६ देखि १४ वटा मात्र बाघ देखिएको छ जबकि दुइ वर्षघिसम्म १० देखि १७ को अनुमान थियो । गणनामा सहभागी प्राविधिकका अनुसार क्यामेरा ट्रयापिङबाट पाँचवटा बाघको तस्बिर मात्र प्राप्त भएको छ । त्यसलाई प्राविधिक रूपमा विश्लेषण गर्दा बच्चा, वयस्क र बूढा गरी बढीमा १४ वटा हुनसक्ने अनुमान गरिएको हो ।
आरक्षको आठवटा ब्लकमा एक सय १२ वटा डिजिटल क्यामेराबाट ८२ दिनसम्म प्रयोग गर्दा बाघको तस्बिर पा“चवटा मात्र प्राप्त भएको
छ । सन् २००४/०५ र ०५/०६ को ट्रयापिङबाट क्रमशः १७ र ९ वटा तस्बिर प्राप्त भएको थियो जबकि यस अवधिमा अहिलेको भन्दा निकै कम समयसम्म क्यामेरा प्रयोग भएका थिए ।
'भारतका संरक्षित क्षेत्रमा सक्रिय सिकारी त्यहा“का बाघ सकिएपछि नेपाल छिरेको अनुमान छ,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. अन्नपर्ूण्ानन्द दासले पत्रकार सम्मेलनमा भने- 'यो एकदमै संवेदनशील अवस्था हो ।'
गणना जनवरीदेखि अप्रिलबीचमा गरिएकाले थप सिकार भएको हुनसक्ने उनले अनुमान गरे । पछिल्लो पटक आरक्ष मध्यभागबाट बाघका हड्डीसहित सिकारी पक्राउ परेका थिए । हतियारको सहज उपलब्धता, संरक्षण कर्मचारीको अभाव, द्वन्द्वका बेला केन्द्रीकृत चौकीहरू पुनःस्थापन नहुनुलगायत समस्याले गर्दा बाघको सिकार बढेको दासले जानकारी दिए ।
If you save the nature, it saves your life.
Thursday, June 26, 2008
हात्तीको लिँड (विष्टा) पनि बन्यो आम्दानीको स्रोत
कुनै प्रयोजनमा नआउने हात्तीको लिँडलाई पहिले बाल्ने र नदी किनारामा लगेर थुपार्ने गरिन्थ्यो । त्यसरी लिँडलाई बाल्दा कार्बनडाइअक्साइडको उत्सर्जन हुने र थुपार्दा पनि मिथेन ग्याँस निस्की वातावरण प्रदूषणको समस्या आउँथ्यो तर अब यसबाट मल बनाउन थालेपछि सहरको सुन्दरता बढेकोमा स्थानीयवासी हषिर्त भएका छन् ।
हात्तीको लिँडलाई सङ्कलन गरेर त्यसमा विशेष किसिमको गड्यौला पालनबाट जैविक मल उत्पादन गर्ने ज्ञानको विकास भएपछि वातावरणीय सरसफाइसँगै सौराहाका महिलालाई आम्दानीको भरपर्दो माध्यम बनेको छ । हाल उनीहरूले दैनिक एक टन मल उत्पादन गरेका छन् र सो मल प्रतिकेजी रु. १२।- देखि १८।- मा बिक्री हुने गरेको छ ।
हात्तीको लिँडलाई गोठेमल बनाउँदा करिब ९ महिना लाग्ने गर्दछ तर त्यसमा गडयौला राखेमा करिब ५० दिनमा मल तयार हुन्छ । त्यस्तो मल कुखुरा, माछा, हाँसको आहारामा प्रयोग गर्नुको साथै अन्नबाली, फलफूल, तरकारीका लागि निकै उपयोगी हुने अनुसन्धानबाट पुष्टि भएको छ । हात्तीको लिँडबाट तयार भएको मल तुरुन्त बिक्री हुने गरेको स्थानीय सरस्वती कडायत बताउनुहुन्छ ।
पहिलेजस्तो घरबाट निस्कँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था अब छैन, हात्तीले लिँड निकाल्नेबित्तिकै सङ्कलन गरिन्छ, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढु्ङ्गाना भन्नुहुन्छ- \'अब यो फोहोर रहेन, पैसाको रूपमा लिन थालिएको छ । यसको उचित व्यवस्थापनतर्फ स्वयम सौराहावासी जागरुक भएका छन् ।\'
विश्व वन्यजन्तु कोषको तथ्याङ्कअनुसार सन् २००३ मा नेपालमा १७४ वटा गैँडा रहेकोमा अधिकांश सङ्ख्या चितवनमा नै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज वरिपरि करिब १३५ हात्ती रहेका छन् । जसमध्ये झन्डै सयको सङ्ख्यामा सौराहा क्षेत्रमा मात्र रहेको पाइँन्छ ।
सन् २००४ मा सदर चिडियाखाना जावलाखेलमा गरिएको अनुसन्धानअनुसार एउटा वयस्क घरपालुवा हात्तीले दैनिक १०० देखि १३० केजी लिँड उत्पादन गर्दछ ।
यसरी दैनिक उत्पादन हुने हजारौँ केजी लिँडले पर्यटकीय नगरी सौराहाको सुन्दरतामा केही वर्षअघिसम्म नकारात्मक प्रभाव पारेको थियो । पर्यटन प्रवर्द्धनमा हात्तीको महत्वपूर्ण भूमिका रहेपनि त्यसबाट निस्कने लिँडको उचित व्यवस्थापन नहुँदा वतावरण र सरसफाइमा चुनौती थपिएको थियो । यसले गर्दा यहाँ आउने पर्यटकको सङ्ख्यामा ह्रास आएको होटेल व्यवसायीहरू बताउँछन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्र्तगत विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा विषादी निरीक्षण नेपाल नामक संस्थाले स्थानीय विभिन्न सङ्घसस्थाहरूको समन्वयमा हात्तीको लिँडबाट गडयौले मल उत्पादन गरी समुदायको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागु गरिएको छ ।
तीन महिनाको अवधिमा सडक वरपरमात्र सङ्कलन गरिएको हात्तीको लिँडबाट करिब १० टन गुणस्तरीय मल तयार गरिएको स्थानीय ईश्वरीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
लिँड सङ्कलन गरी मल उत्पादन गर्न सुरु गरेपछि सहरको वातावरण सफा र स्वच्छ भएको र यसले पर्यटकमा सकारात्मक प्रभाव परेको हात्ती एसोसिएसनका अध्यक्ष हरिभक्त श्रेष्ठको कथन छ । सौराहा क्षेत्रमा झन्डै सयवटा साना ठूला होटल रहेका छन् र तीमध्ये ठूला होटलहरूले पर्यटकीय सुविधा र आकर्षणका लागि हात्ती पाल्ने गरेका छन् ।
हात्तीको लिँडबाट गुणस्तरीय मलको उत्पादन हुने र त्यसलाई बिक्री गरेर स्थानीय महिलाको आयआर्जनमा वृद्धि आउन थालेपछि स्थानीयवासीमा यसप्रतिको आकर्षण बढ्न थालेको बताउँदै प्रा.डा. आनन्दशोभा ताम्राकार भन्नुहुन्छ- \'आगामी दिनमा यसको व्यावसायिक उत्पादनमा जोड दिनेछौँ र यसका लागि निकुञ्जभित्र रहेको जङ्गली हात्तीको पनि लिँड सङ्कलन गरिनेछ ।\'
हाल सौराहा क्षेत्रमा एउटा मात्र गडयौले मल कम्पोष्टिङ केन्द्र रहेकोमा छिट्टै थप दुईवटा केन्द्रको स्थापना गर्ने उहाँले बताउनुभयो ।
पृथ्वीमा पाइने ठूलो आकारको यस जनावर चोरी निकासीको कारण विस्तारै लोप हुन थालेको छ । साइटिस महासन्धिले जोखिमको अवस्थामा रहेको भन्दै यस जनावरलाई अनुसूची-१ मा राखेको छ भने राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ मा पनि हात्तीलाई संरक्षित जनावरको रूपमा लिइएको छ।
बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा पनि हात्तीको लिँडको व्यवस्थापन गरी गडयौले मल बनाउन सकिने र त्यसबाट स्थानीय जनताको आयस्तरमा सुधार आउने देखिन्छ । हात्तीलाई सोख वा व्यावसायको रूपमा मात्र नभई यसले निकाल्ने लिँडबाट मल पनि तयार गर्न सकिने भएपछि हात्तीपालनतर्फ आकर्षण बढ्न गई यसको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।
हात्तीको लिँडको व्यवस्थापनबाट पर्यटकको आकर्षण बढाउन मात्र नभई हरित गृह ग्याँसको उत्सर्जन र रासायनिक मलको उपयोगलाई कम गरेबापत जलवायु परिवर्तनमा पर्ने असरलाई कम गर्ने हुँदा यसले वातावरण सन्तुलनमा पुर्ћयाएको योगदानलाई अध्ययन गरी स्वच्छ विकास संयन्त्रमार्फत कार्बन बिक्री गर्न सकिने सम्भावना रहेको छ ।
If you save the nature, it saves your life.
Sunday, June 22, 2008
कसरा नौलो पर्यटकीय आकर्षण
घडीयाल गोही संरक्षण, कछुवा संरक्षणसँगै बनेको गिद्ध प्रजनन केन्द्रका कारण निकुञ्जको कसरा पर्यटकको आकर्षण बनेको छ। अझै सोही ठाउँनजिकै रहेकी नारायणी नामकी बघिनीका कारण यस क्षेत्रमा अवलोकन गर्न धेरैले रूचाउने गरेका छन्। दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको कारण विश्वमा प्रख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै कसरामा बनाइएको घडीयाल संरक्षण कार्यक्रम र प्रजनन केन्द्र पर्यटकको आकर्षण थियो नै सोही केन्द्र नजिकै बनाइएको कछुवा र गिद्धको संरक्षण केन्द्रले त यसमा सुनमा सुगन्ध थपिदिए जस्तै बनेको छ। २०३५ सालमा तत्कालीन सरकार र फ्रयाङ् फर्ट जुलोजिकल सोसाइटीको संयुक्त प्रयासमा घडीयाल संरक्षण केन्द्र खोलिएको हो। सफल मानिएको यो केन्द्र अनुवंशिक कोश (जिन बैंक) को रूपमा रहेकोले पनि यस क्षेत्रमा अध्ययन अनुसन्धानकर्ताहरूको लागि आकर्षण मानिएको छ। गोहीलाई सिमसार परिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिन्छ। एसियाका पाँच मुख्य नदी पाकिस्तानको सिन्धु, भारतको गंगा र यसका नेपाल र भारतका शाखा नदीहरू, भारतको महानदी, भुटान बंगलादेशमा पर्ने ब्रहमपुत्र, बर्माको कालादान, नेपालका कणार्ली, महाकाली, नारायणी, कालीगण्डकी, सप्तकोसी र बबईमा घडीयाल गोही पाइने विज्ञहरू बताउँछन्। स्तनधारी जनावरले भन्दा कम खाना खाने घडीयाल गोहीको मुख्य आहारा भनेको माछा हो। प्राकृतिक बासस्थानबाट गोहीका अन्डा खोजी गरी ल्याएर हुर्काइएका वयस्क गोहीलाई नारायणी, राप्ती नदीदेखि पूर्वमा कोसी, बागमतीदेखि पश्िचममा कणार्ली, राप्ती, भेरी, बबईसम्म लगेर छोड्ने गरिएको छ। निकुञ्ज स्रोतका अनुसार प्रजनन केन्द्र स्थापनापछि झन्डै सात सय घडीयाललाई प्राकृतिक बासस्थानमा लगेर छोडी सकिएको छ भने केन्द्रमा झन्डै चार सय गोही रहेका छन्। नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने घडीयाल गोहीको संरक्षणका लागि सन् १९७८ मा स्थापना गरिएको घडीयाल प्रजजन केन्द्रले १९८६ देखि नदीको प्राकृतिक बासस्थानमा गोही छोड्ने गरेको हो। निकुञ्जको कसरामा रहेको घडीयाल प्रजनन केन्द्र गोहीको प्रजनन र संरक्षणका लागि मात्र नभएर पर्यटकहरूका लागि एक आकर्षण केन्द्रका साथै अनुसन्धानकर्ता र विधार्थीका लागि पाठशालाजस्तै बनेको छ। यस केन्द्रमा अवलोकनका लागि आउने नेपाली पर्यटकलाई कुनै शुल्क नलाग्ने भए पनि विदेशी पर्यटकका लागि भने प्रतिव्यक्ति एक सय रूपैयाँ लाग्दछ। घडीयाल संरक्षण केन्द्रसँगै राखिएको हुँदा कछुवाको अवलोकनमा कुनै शुल्क लिने गरिएको छैन। भर्खरैमात्र राखिएको र बढी संवेदनशील पक्षी भएका कारण गिद्ध प्रजनन केन्द्रको अवलोकनको लागि न त कुनै शुल्क तोकिएको छ न त औपचारिक रूपमा अवलोकन नै खुला गरिएको छ।
If you save the nature, it saves your life.
Sunday, May 25, 2008
पाटेबाघको संख्या घट्यो
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघको संख्या घटेको छ । आरक्षमा दुई वर्षयता आधा संख्यामा मात्र बाघ भेटिएका छन् । शुक्लाफाँटा आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्य संघ/संस्थाको संयुक्त टोलीले गरेको 'क्यामेरा ट्यापिङ'मा १४ वटा बाघ कम भेटिएका छन् । दुई वर्षअघिको क्यामेरा ट्यापिङपछि आरक्षमा २६ वटा बाघ रहेको सार्वजनिक गरिएको थियो ।
यसपटक भने १२ वटा बाघ मात्रै देखिएको क्यामेरा ट्यापिङका सहभागीले बताएका छन् । ती सबै वयस्क बाघ हुन् । 'यो अत्यधिक कम संख्या हो,' एक सहभागीले भने । यसपटकको क्यामेरा ट्यापिङमा दुई पोथी र दस भाले बाघ भेटिएका हुन् । आरक्षले भने बाघको संख्या घटेको सम्बन्धमा कुनै जानकारी दिएको छैन । क्यामरा ट्यापिङ गरेको दुई महिना बितेको छ । बाघको संख्या कम देखिएकाले तथ्यांक सार्वजनिक नगरिएको आरक्ष स्रोतले जनाएको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत गोपालप्रसाद उपाध्यायले भने बाघका विषयमा अहिले केही भन्न नमिल्ने बताए । उनले ट्यापिङको काम सकिए पनि रिपोर्ट नबनेको प्रतिक्रिया दिए । 'यो संवेदनशील विषय हो, त्यत्तिकै भन्न मिल्दैन्,' बाघको संख्या घटे/बढेको जानकारी नपाएको दाबी गर्दै उपाध्यायले भने, 'रिपोर्ट बन्नेबित्तिकै बाहिर आइहाल्छ ।' भित्री रूपमा क्यामरा ट्यापिङको प्रतिवेदन विभागमा पठाइसकिएको छ । प्रतिवेदनमा आरक्षमा देखिएका भन्दा बढी बाघको संख्या बनाएर विभागमा पठाएको स्रोतको दाबी छ । गतपुसको पहिलो साताबाट सुरु गरिएको क्यामेरा ट्यापिङ तीन महिना चलेको थियो । फागुनसम्म चलेको ट्यापिङमा १२ वटा बाघ मात्रै देखिएका थिए । कम संख्या भएकाले चैतमा पनि ट्यापिङ गरिएको थियो । दोस्रोपटक पनि त्यत्ति नै बाघ देखिएपछि ट्यापिङ सकिएको हो ।
नेपालमा सिधै बाघ गणना गर्ने प्रविधि छैन । क्यामरा ट्यापिङबाटै बाघको संख्या गणना गरिन्छ । बाघको 'करिडोर'मा राखिएको क्यामराले विभिन्न 'एङ्गल' मा लिएका फोटाहरू जुधाएर गणना गरिन्छ । यसपटक दसवटा क्यामरा प्रयोग गरिएका थिए । ट्यापिङमा एक दर्जनभन्दा बढी कर्मचारी संलग्न थिए । यसअघि ०६३ सालमा क्यामेरा ट्यापिङ गरिएको थियो । त्यसबेला २६ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । डमरु -बाघका बच्चा) लाई भने गणना गरिएको थिएन । गणनामा संलग्नहरूले आरक्षमा बाघको चोरीसिकार बढेकाले संख्या घटेको हुनसक्ने अनुमान गरेका छन् । आरक्ष चारैतिरबाट अतिक्रमण गरिएकाले पनि बाघ अन्यत्र गएको आशंका गरिएको छ ।
-------
If you save the nature, it saves your life.
Saturday, May 24, 2008
Some Important Animals in Chitwan National Park
Approximately 1,200 are left in the Indian Sub-continent and this constitutes
the world population of the species.
There are about 425 in the National Park and
surrounding area. Folds in the thick skin give it's armory look while the
closely matted mass of horny fibers issuing from the skin provides the rhino
with a horn. The horn grows throughout it's life and if lost, is reproduced.
Habitat destruction and heavy poaching of this animal
for its horn, believed by the Chinese to be a potent aphrodisiac, have been
largely responsible for the decline in population during recent decades.
Gestation period is of sixteen months with the young weighing around 60
kilogram at birth. In September 1994, the staff of Safari Narayani Lodge was
able to rescue a 3 month old baby rhino that had been separated from it's
mother and partially mauled by a tiger. The Park Authorities have taken it
under it's care.
GAUR ( gaurus)
This is the largest of the world's wild oxen. A bull may stand over six feet tall at the shoulder and weigh more than a ton. The Gaur keeps to the densely forested Churia hills, coming down to the lower slopes during the dry months of February to April, in search of water and greener pastures. Found in small herds, it is very shy.
During these dry months, we arrange special excursions to the grazing grounds of the Gaur. Should you find yourself at Safari Narayani Lodge during this time, talk to the Program Manager to make arrangements.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
- - - - -
SPOTTED DEER / CHITAL (axis axis)
Perhaps the most graceful and most beautiful of all deer. It is easily identifiable by the white spots on its brown coat. The stags have long antlers with three tines. This is the only large mammal in the Park which is found in large herds. They preferopen
forest and marginal lands between grassland and forests. They are the most
common deer in the Park. The peak of the mating season is in late spring. Young
are born after 8 months.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
- - - - - - - - - -
HOG DEER (axis porcinus)
Related to the spotted deer but smaller and far less graceful. The name is
derived from its squat appearance and habit of running with the head down
instead of bounding like other deer. .Sometimes found in groups and preferring
the grassland margins of the rivers, they are wary animals with acute sense of
sight, smell and hearing. The gestation period is eight months.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
SAMBAR (cervus unicolor)
This is the largest of the deer family in the sub-continent. A large stag may
scale 600 to 700 pounds. It has a shaggy brown coat and the stags possess thick
antlers with full points being reached in the fourth year. Forested hillsides
are their preferred habitat and a diet of grass, leaves and wild fruits. Power
of sight is moderate but that of smell & hearing is acute. Rarely found
associating in large numbers, Stags leave the hinds after the mating season in
the fall to lead a solitary life.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
BARKING DEER (muntiacus muntjak)
This reddish coloured deer seen singularly or in pairs is the smallest of the four kinds of deer found in the Park. Prefers densely forested hills but is sometimes found in the lowlands. The antlers are small consisting of a short brow-tine and an unbranched
beam. The name is derived from its alarm call, which sounds rather like a hoarse
dog's bark.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
SLOTH BEAR (melursus ursinus)
This shaggy black bear with an elongated muzzle and short hind legs is rather uncouth in appearance. Despite its name the Sloth bear can be very agile on its feet, and may weigh 300 pounds or more. Like the Himalayan Black Bear the Sloth Bear has a white 'V' on its chest. Fruit, honey and insects, especially termites, are the most important food. The Sloth bear is quite common in the Park, which is an ideal habitat. The young are born after seven months and stay with the mother until they are two or three years old when they attain maturity.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
WILD BOAR (sus scrofa)
With its sparse black coat and bristled mane a large boar may stand three feet at the shoulder and weigh 300 to 400 pounds. The males have razor sharp tusks. The wild boar is omnivorous and its diet includes roots, tubers, insects, snakes and carrion. They feed normally in the early morning or late evening. Four to six young are born at one time and the mother shelters them in a heaped up mass of grass or branches, which she builds before she litters.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
ROYAL BENGAL TIGER (panthera tigris tigris)
Now on the "Endangered List" there are perhaps 2,000 survivors of this subspecies of the tiger in the entire Indian subcontinent. Supposedly nocturnal but certainly elusive, the essentially solitary tiger covers great distances and is a difficult animal to see in the wild. About 40 remain in the Park today, though conservationists say the figure is much higher.At the apex of the food chain in the Park, the Tiger hunts deer, wild boar, monkeys and large sized birds to form the bulk of its diet.
The male Tiger marks it's territory to protect the best hunting and mating grounds. Natural landmarks such as tracks, streams and solitary trees would mark the boundary of it's rather large
territorySpraying, scratching and rubbing itself against trees is the most common way of leaving it's "signature" for other tigers to recognize and acknowledge or in some cases challenge. Obviously, the strongest one would occupy the very best of hunting and mating grounds, relegating the vanquished to outlying areas. Not surprisingly, a male will tolerate several female in it's territory, though the
females are said to have mini territories within the larger male domain
We have come to recognize that the territory across the Rapti river from Safari Narayani Lodge is a prime area. Several tiger sightings along the many paths that criss-cross the jungle, and finding of several "markings" left by male tigers, has led us to conclude that this area is a prized one.
One of the most spectacular sightings witnessed by guests and staff of Safari Narayani Lodge was two years ago, when at the banks of the Rapti river, across from the Lodge, two males Tigers were locked in aggressive battle. The fight lasted about 15 minutes from which the victor, after inflicting visible wounds, left the defeated tiger to lick its wound and pride. For several days thereafter, the wounded tiger could be sighted in a secluded spot in the same vicinity. Very soon after, it vanished from the spot and obviously from the territory as well.
Talk to our Naturalist on the latest movement of the tiger in our area. For those interested in learning more about the tiger and its lifestyle, we strongly recommend reading Valmik Thapar's "Tiger". A copy of the book can be found in any major bookstore in Kathmandu.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
.
LEOPARD (panthera pardus)
Although less common than in former times, but because of its greater adaptability, the leopard has been able to hold its own better that the tiger. The leopard will kill and eat anything it can overpower with safety - cattle, deer, monkeys, smaller beasts of prey, larger rodents, birds and reptiles. Being more tolerant of the sun, they frequently hunt by day, particularly if they have not secured food the previous night. They are not restricted to heavy forest or cover like tigers.It is quite common for the Leopard to carry it's prey up onto the branches of a large tree, away from other scavenging animals and especially from the tiger. Both guests and staff of Safari Narayani Lodge have witnessed this.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
GANGETIC DOLPHIN (platanista gangeticus)
This fresh water dolphin, upto eight feet in length, is present in the Narayani River on the west side of the Park. It surfaces to breathe about every sixty seconds. Life in turbid waters has resulted in the extreme reduction of the eyes. The jaws of the animal are well adapted for browsing on bottom-living crustaceans. The colour ranges from dark lead to sooty black, with the older individuals having a few lighter patches on the sides. Normally one young is born after a gestation period of eight to nine months.
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
SMALL MAMMALS
These include Langur Monkey (presbytis entellus ), Rhesus Macaque Monkey (macaca mulatta), Jackal (canis
aureus), Indian Civet (viverra zibetha), Jungle Cat (fells viverrrina), Yellow-throated Marten (martes flavigula), Mongoose (herpestes edwardsi), Common Otter (lutra lutra), Large Flying Squirrel (petaurista petauista) and the India Porcupine (hystrix indica)
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
There are two kinds of crocodile in the Park. The Marsh Mugger (crocodilus palustris) a blunt nosed crocodile, which can attain a length of 13 to 14 feet, is found chiefly in the small lakes and rivers. It eats mammals, birds, turtles, fish and carrion.
The Gharial Crocodile (Gavialis gangeticus) with its characteristic long thin snout sometimes reaches a length of 20 feet. It is almost exclusively a fish-eater and is found mainly along the large fresh water areas and rivers, such as the Narayani and Rapti.
Another common reptile found in this area is the Monitor Lizard.
The India Python characteristically is found in or near the small lakes formed on old river courses. Poisonous snakes include the Common Cobra, the King Cobra, the Common Krait and the Green Pit Viper. There are also a wide variety of non-poisonous snakes.
गौरीगाई
पर्सा वन्यजन्तु आरक्षले आजबाट आरक्ष भित्र रहेको दुर्लभ वन्यजन्तु गौरीगाईको गणना सुरु गरेकोछ ।
गौरीगाईको सङ्ख्या यकिन गर्न वन्यजन्तु आरक्षण विभागले गणना सुरु गरेको र गणनाका लागि आरक्षका ९ वटा हात्ती र १२ जना गणकहरू परिचालन गरिएको आरक्षका वार्डेन बाबुराम यादवले जानकारी दिनुभयो । ृउहाले चार दिन भित्र गौरी गाईको गणना गरि सकिने जानकारी दिनुभयो ।
दुर्लभ जन्तु गौरीगाई नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्य जन्तु आरक्षमा मात्रै बासस्थान रहेको वन्यजन्तु विज्ञहरु बताउंछन् । यसअघि गएको वर्ष चितवन राष्ट्रिय निकुञ्जमा रहेको गौरीगाईको गणना गर्दा २ सय ९६ वटा गौरीगाई भेटिएको थियो ।
वन्यजन्तु विज्ञहरुका अनुसार पर्सा वन्यजन्तु आरक्षमा चितवन राष्ट्रिय निकुञ्जमा भन्दा वढि गौरीगाई रहेको अनुमान गरेका छन् ।
यसको बैज्ञानिक नाम Bos gaurus हो भने अंग्रेजीमा Gaur भनिन्छ ।
Thursday, May 22, 2008
पहाडी वाहन
तेह्रथुम र संखुवासभा जिल्लाको सीमानामा मोराहाङ स्थित खर्कमा चरिरहेका घोडा । पहाडी क्षेत्रमा सरसामान ढुवानी गर्न घोडा र खच्चरको प्रयोग हुने गरेको छ ।
संखुवासभा जिल्लाको नुनढाकी गाविसमा पर्ने गुफापोखरी । यो पोखरी दुइ हजार आठसय नब्बे मिटर उचाईमा रहेको छ । यस क्षेत्रमा घुम्नकालागि स्वदेशी तथा विदेशी पर्यटकको लाम लाग्ने गरेको छ ।
तस्वीर - कुमार लुइटेल ।
Thursday, May 15, 2008
वन्यजन्तुको शिकारमा उच्च ओहदाकै ब्यक्तिको संलग्नता
सेभ वाइल्डलाइफको आयोजनामा आज राजधानीमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले वन्यजन्तुको शिकारीहरु बढ्न थालेको भन्दै संरक्षणका लागि कार्यान्वयनमुखी कानुन बनाउन माग गरेका हुन् ।
सुन्दरी वन्यजन्तु योजनाकी प्रमुख डुफोरेष्ट वारेङगरले नयां संविधानमा वन्यजन्तुको बांच्न पाउने अधिकारको सम्बोधन हुनुपर्ने बताइन् । नेपालमा ठूलो ओहदाकै व्यक्तिहरु वन्यजन्तुको शिकार र तिनका अंगको तस्करीमा संलग्न रहेको उनको आरोप थियो । शिकारीहरुका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लोप हुने स्थितिमा पुगेको बताइन् ।
वन्यजन्तुसम्बन्धि फोटो खिच्दै आएका फ्रान्सेली नागरिक कोरिया पेट्रिकले नेपालमा गैंडा र बाघ लोप हुने स्थितिमा पुगेको बताए । उनले जनावरलाई बांच्न नदिनेलाई छूट नदिन आग्रह गरे ।
राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका महाप्रबन्धक डा.अन्नपूर्णनन्द दासले वन्यजन्तु संरक्षणका लागि ठोस कानुन आवश्यक भएको बताए । उनले नयां संविधानमा पनि वन्यजन्तु संरक्षणको विषय उल्लेख हुने आशा व्यक्त गरे ।
कार्यक्रमममा राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका सूर्यबहादुर पाण्डे, डब्लुडब्लुएफका प्रबन्धक दिवाकर चापागाइं, राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका शिवराज भट्टले पनि वन्यजन्तु संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
(अनलाइन खवरबाट)
Friday, May 9, 2008
साथी मर्दा ..............
पशुपन्छी भनेका मानिसको स्वार्थ र उपयोगकालागि मात्रै हुन ? के यिनमा सम्बेदना, माया र ममता भन्ने हुँदैन? धारिलो हतियारले अड्कलीअड्कली हानेर हत्या गर्दा के यिनलाई पिडा नहोला ? आफ्नो परिवार र बालबच्चाको माया यिनमा नहोला ? आफन्तको मृत्यूले के यिनलाई पटक्कै नछोला ? यो केहिपनि हुदैन भनेरै त होला बर्षेनी हजारौ जनावरलाइ यातना दिएर मार्ने गरिएको। सयौलाई घाइते पारेर छोडिने गरिएको। क्षणिक आनन्दकालागि खोरमा थुन्ने, पखेटा र हात खुट्टा भाच्ने, हेरेर क्षणिक आनन्द लिनकै लागिपनि हत्या गर्ने गरिएको। तर हेर्नुहोस त, दक्षिण अफ्रीकी मुलुक केन्यामा भएको एउटा घटनाले हात्तीहरु आफन्तको मृत्यूमा कति पिडित बन्छन, आफ्नो माउ गुम्दा बच्चालाई कति चोट पर्ने रहेछ, आपतमा परेकालाई कतिसम्म सहयोग गर्ने रहेछन, पाकाहरुले बच्चालाई कति प्राथमिकता दिने रहेछन, आफन्तको मृत्यूको पिडामा कति शोक मनाउने रहेछन भन्ने एउटा मार्मिक तस्बिर देखाएको छ।
पहिलो दिन : आफृकी राष्ट्र केन्याको सम्बुरु राष्ट्रीय आरक्षमा एउटा पोथी हात्ती बिरामी पर्छ। अक्टोबर १० का दिन। दुख , पिडा र दुखाइले छट्पटिएर भूईमा ढलेकि एलेनर (सायद बन्यजन्तु बिशेषगहरुले राखेको नाम) लाई देखेर अर्कि हात्तीको मन छुन्छ। एलेनरलाई ग्रेस नामकि त्यो हात्तीले सहयोगको हात फैलाउँछे। भूईमा पिडाले छट्पटाइरहेकि उनलाई ग्रेसले स्पर्श गर्छे। माया र सद्भावबाट मातृत्व देखाउँछे। उसले एलेनरलाई उठाउन सकिन्छ की भनेर उसको शरिरलाई आफ्ना खुट्टाले पछाडी तान्छे। यो अक्टोबर १० को कुरा हो। आफ्नो नातागोता र समूह बाहिरकै भएपनि हात्तीहरुले एक अर्कालाई यसरि सहयोग गर्छन्। आपत बिपतमा पर्दा त्यसलाई टार्ने कोसिस गर्छन। अर्काको दुख , पिर, बेदना र छट्पटिमा दुखित हुन्छन। रुन्छन र भक्कानिन्छन।
दोस्रो दिन: रात छिप्पिदै जान्छ। ग्रेस (दाहिने तिर) का परिवार वा समुहले छोडेर आफ्नो बाटो लाग्छन। वन्यजन्तु बिशेषज्ञ लेन डग्लस हेमिल्टोनका अनुसार ग्रेस बिरामी परेर थलिएको उनका अन्य साथीहरुलाई थाह नभएको हुन सक्छ। किनकी उ बिरामी एलेनरलाई सहयोग गर्न बस्छे। ग्रेसले उसलाई आफ्नो दाहिने खुट्टाले भर दिएर उठाउन खोज्छे। एक घण्टासम्म त ग्रेस एलेनरकै साथमा हुन्छे। तर त्यति समयसम्मपनि एलेनर उठ्ने छाटकाँट नदेखेपछि ग्रेसपनि आफ्नो बाटो लाग्छे। एलेनरलाइ साथ दिदादिदै ग्रेसका परिवार, साथी र समूदाय करिब एक घण्टा टाढा एउटा नदीमा पुगिसकेका हुन्छन् पानी खान, नुहाउन, खेल्न र आराम गर्न। हात्तीहरुले दिनभरि यात्रा गर्ने, चर्ने गर्छन र राती भने कुनै दह, ताल, नदी वा कुवामा सुस्ताउने गर्छन। बाँकि शिर्षक दुइमा ।
तेस्रो दिन: दुखको कुरा। ग्रेसले आफ्ना साथीहरु छोडिछोडि सहयोग गर्दापनि ग्रेसको मृत्यू हुन्छ भोलीपल्ट। अर्थात अक्टोबर ११ का दिन बिहान ११ बजेतिर। त्यसको लगत्तै माइ नाम गरेको अर्को हात्ती अली अप्ठेरो मानी मानी एलेनरको मृत शरिर छेउ आइपुगि। उसले आफ्नो सुँड तनक्क तन्काइ। नाकको हावाले एलेनरको शरिरमा फुकि। नाकले उसको शरिरमा छोएर के भएको हो बुझ्न उसले एलेनरको शरिरमा छोएको सुँड आफ्नो मुखमा घुसारि। माईले आफ्ना खुट्टाले एलेनरको मृत शरिरमा स्पर्ष गरि। अर्को खुट्टा र सुँडले एलेनरको शरिरलाई अलिकति धकली। देब्रे खुट्टा र सुँडले एलेनरको शरिरमा छोएर माई उभिइरहि ग्रेसको मृत शरिरमाथी। यसै गरेर शरिरलाई यता र उती हल्लाई करिब ८ मिनेटजति।
चौथो दिन: अर्थात अक्टोबर १२, २००३ का दिन। ग्रेसको मृत शरिर छेउ एलेनरको समूह र परिवारसङ्ग असम्बन्धित एउटा अर्को हात्तीको बथान आइपुग्यो। एलेनरसङ्ग एउटा ६ महिने छावा (बच्चा) रहेछ। ति समूहले एलेनरकै अघिल्ला अघिल्ला बेतका हुर्किसकेका छोरीहरुलाई पर पर धकलेर त्यो सानो टुहुरो बच्चालाई आफ्नी मृत आमाको छेउ बस्न दिएछन ( पहिलो तस्विर ) । कहिलेकाहि प्रकृतिपनि अती निष्ठूरि भइदिन्छ। ग्रेसको परिवार र समूहका अन्य सदस्यले हेरचाह र पालन पोष्ण गर्न खोज्दा खोज्दैपनि ग्रेस मरेको तिन महिनपछि त्यो बच्चाकोपनि मृत्यू भएछ। असल गूण भएका परिवारले ग्रेसलाई माया गर्ने, दुई दिनसम्म हेरचाह र मद्दत गरेका रहेछन। अन्य दुइ हात्तीलेपनि ग्रेसको ढलेको शरिर हेरेर गएका रहेछन। उनीहरुले हेरचाह गर्दा ग्रेस सुस्तरि उठेकि रहिछन। उनीहरुको स्याहार सुसारमा चाख दिएपनि उनीमा बिचल्ली भएको भावना चाहि देखिएको रहेनछ।
यि तस्बिरहरु लिनु भन्दा अगाडि एलेनरको सुँड सुन्निएको थियो। खुट्टा र कान धसारिएका थिए। दाह्रा भाँच्चिएको थियो। (हात्तीहरुमा भाले र पोथी दुबैका दाह्रा हुन सक्छन। कुनै कुनै पोथीका भने हुदैनन। पोथीहरुमा दाह्रा भएपनि भालेका भन्दा अली छोटा र झिना हुन्छन)। यो अवस्थामा देखिएको केहिबेरपनि (दुइ मिनेट भनेका छन यो तस्बिर लिने सिभानी भल्लले) एलेनर ढलिन। त्यसको लगत्तै ग्रेस पुगिछन। ग्रेसको पुच्छर ठाडो थियो। आँखा र कानको बिचको धमनी काँपिरहेका थिए। (नेशनल ज्योग्राफीको मुल आलेखलाई ददि सापकोटाद्वारा भावानुवाद गरिएको हो। तस्बिरपनि सबै नेशनल ज्योग्रफीकै हुन- नेपालप्लस)
(नेपाल प्लसबाट)
Thursday, May 8, 2008
Langtang National Park
Langtang is one of the most unspoiled national parks of Nepal. Situated North of Kathmandu, it is the most easily accessible highland sanctuary from the capital. Langtang covers 1,710 sq. km. forming the upper catchment areas of two of Nepal's largest river systems - the Trishuli and Koshi। There is great latitudinal variation, starting at 1,500 m। and ascending to the top of Mt। Langtang Lirung at 7,234 m. As a result the park has immense ecological diversity. Some of the most attractive areas of the park include the Langtang Valley, the holy lakes at Gosainkunda, and the forested hillsides above the village of Helambu.The deep gorges of Bhote Koshi and Langtang Khola are thickly forested with rhododendron, oak, maple and alder. The stretch of forest around Ghoda Tabela in the lower Langtang Valley and below Gosainkunda is inhabited by the red panda, a rare and threatened symbol of a healthy Himalayan ecosystem. Other animals, common to these forests are wild boar, Himalayan black bear, ghoral, grey langur monkey and leopard. The rare Himalayan hony guide has been sighted here and the park is also the home for Impeyan, Tragopan and kalij pheasants among others. Larch, a rare deciduous conifer, is also found in the forest of lower Langtang Valley. Further up, Himalayan tahr, musk deer and snow leopard can be found. The upper Langtang Valley is one of he few known breeding grounds of the ibils bills besides the Tibetan snow cock and snow partridge.Like other Himalayan nature parks, Langtang has to be explored on foot. There are several possible trails to choose from depending on preference and time available. The langtang Valley is easily approached from Dhunche town and park office, which is a day's drive from Kathmandu. The upper reaches of Langtang can be reached in four days of easy walking, however, it is advisable to spend a few days around the forest at Ghoda Tabela to watch for the red panda. Once above Langtang village and the monastery at Kyangin, visitors can explore the high valley of Langshisa Yala peak and Tsero, Ri. These and other villages of upper Langtang are inhabited by people of Tibetan descent whereas the villagers of Dhunche, Bharkhu and Syabru further down are home to the Tamangs of Nepal's middle hills.
Entry Fee Per Person Per Entry
AccessThe high pass out of Langtang, Gang la(5,132 m), can be negotiated only by well prepared hikers with guides, food and camping equipment. The Gosainkunda can also be reached in a few days from Dhunche, making it possible to visit both areas in the same outing.Alternatively, trekkers can hike to Gosainkunda from Sundarijal in the Kathmandu Valley via the picturesque villages of Helambu. The richly forested route that climbs steeply from here to Thare Pati and Gopte Cave is alive with birds and flowering rhododendron and orchids in the spring. Tourists can visit the Langtang National Park anytime from March to November but it is best to avoid the monsoon season because of rains and overflowing rivers. The nature enthusiast on the other hand might find the rainy season ideal because of the profusion of plant life.
Nepal National parks
Royal Chitwan National Park
Rara National Park
Shey Phoksundo National Park
Royal Bardia National Park
Khaptad National Park
Sagarmatha National Park
Makalu-Barun National Park and Conservation Area
Royal Sukla Phanta Wildlife Reserve
Parsa Wildlife Reserve
Koshi Tappu Wildlife Reserve
Dhorpatan Hunting Reserve
Shivapuri National Park
रातोपाण्डा- जिन्दावाद †
काठे भालु - जिन्दावाद †
एकसि“गे गैंडा - जिन्दावाद †
पानीओत - जिन्दावाद †
सुनौलो चरीपुतली - जिन्दावाद †
रातो बा“दर - जिन्दावाद †
पा“चऔंले - जिन्दावाद †
सुनगाभा - जिन्दावाद †
तिनले रातोपाण्डाको नाम र्यालीमा उच्चारण गरेनन् । यस्ाको मुख्य कारण थियो उनीहरूका लागि तयार जैविक विविधता संरक्षण शिक्षामा रातोपाण्डा समावेश नहुनु । 'रातोपाण्डा मृत फेला' -१५ चैत) समाचार आयो । यो दुःखद खबर ती साना नानी र हामी सबैका लागि । रातो सूचीमा समावेश रातोपाण्डा अझै संरक्षण हुन सकिरहेको छैन । यसमाथि विभिन्न खाले प्रहार भइरहेका छन् र वन्य परिस्थितिमा नकारात्मक असर परिरहेको छ ।
भालु परिवारका आठ प्रजातिमध्ये रातोपाण्डासम्बन्धी प्रलेखहरू १३ औं शताब्दीदेखि चीनमा भएको पाइन्छ । प|mेन्च प्रकृतिशास्त्री प|mेडरिक कुमाइर यसलाई 'ङ्वा' नामले चिनाउ“छन् ।
सिक्किमको राष्ट्रिय जनावर र डब्लुसडब्लुएफको लोगोका रूपमा प्रसिद्धि कमाएको रातोपाण्डाले नेपाल, भारत, भुटान, म्यानमार र चीनलाई आपmनो भूप्रदेश बनाएको छ । मुगुको नाम्लुङ उपत्यका रारा ताल, दक्षिणमा लिथा किमाङ क्षेत्र र पश्चिममा युनान छन् । उत्तरपर्ूर्वी सीमामा पश्चिमी सिचुआनको मिन घा“टीसम्म फैलिएको छ भने इलामको जंगलमा समेत यिनीहरूको उपस्थिति छ । भारतको काश्मीर क्षेत्र पाण्डाको पुरानो भूप्रदेश हो भने सीमावर्ती हिमाली क्षेत्र दार्चुलादेखि हुम्लासम्म प्रलेखहरू मौन छन् । बैतडीको सुपल्या क्षेत्रतिर नियमित घुम्ने एक गोठाला भन्छन्- 'त्यो जंगली कुकुर हो वा भालु, तर त्यो आपmनो पुच्छर घा“टीमा घुमाएर हि“ड्छ । मैले पटक-पटक देखेको छु ।'
पृथ्वीमा बास र पाण्डाको उत्पत्तिको अन्योन्याश्रति सम्बन्ध छ । वसन्तको अन्त र गृष्मको बीच बा“सका तामा र पाण्डाका बालवीर स“गस“गै हर्ुर्किन्छन् । यो समयमा बालवीर कलिला तामामाथि आश्रति हुन्छन् । वयस्क पाण्डा पनि प्रतिदिन सालाखाला बा“सका २ लाख पात खाने गर्छन् । संसारका कुल १२०० प्रजातिका बा“सको आपmनै जीवनशैली छ । कुनै बा“स ३० वर्षा त कुनै ४५ वर्षा फुल्छन् । अधिकतम उमेर भएको बा“स १२० वर्षजीवनकाल पूरा गरेपछि फुल्छ । एक किसिमका बा“स प्रजाति संसारभर एकैपटक फुल्छन् । जब बा“स फुल्छन् एक पिंढी बा“सको अन्त हुन्छ साथै पाण्डा पनि यो चक्रबाट मुक्त हुन सक्तैन । ठूलो संख्यामा तिनीहरू भुखमरीबाट जीवन उर्त्र्सग गर्छन् । बा“स पाण्डाको मुख्य भोजन र प्रमुख शत्रु पनि हो । पाण्डा संरक्षण गर्न पाण्डा र बा“स दुवैको प्रकृतिको अध्ययन जरुरी छ ।
पाण्डाका अर्काथरी शत्रु हुन् विवेकहीन मानिस र तिब्बती पmयाउरो । हिमचितुवा, साइबेरियन बाघ पाण्डाका थप शत्रु हुन् । प्राकृतिक रूपमै पाण्डाका भाले पोथीबीच यौन वितृष्णा तिनीहरूको प्रजननमा बाधक छ । समग्रमा ७८ प्रतिशत पोथी र ९० प्रतिशत भाले पाण्डा क्रमशः गर्भधारण र बा“झोपनको समस्याबाट पीडित बन्छन् । प्रयोगका सिलसिलामा १४ वर्षो भाले र १२ वर्षो पोथीलाई ८ वर्षम्म स“गै राख्दासमेत आपसी समागम नहुनु पाण्डा विनाशको प्राकृतिक पाटो हो ।
विगत ५० वर्षा चीनमा पाण्डाको संख्या ४० प्रतिशतले कमी भएको छ । आईयुसीएनले यसलाई संकट उत्पन्न वर्गको जन्तुका रूपमा रातो सूचीमा समावेश गरेको छ । साइटिसको अनुसूची- १ मा राखी यस्ाको व्यापारलाई पर्ूण्ारूपमा निषेध गरिएको छ । यस्ाको छाला चिनिया“ बजारमा लोकप्रिय छ । यस्ाबाट बनेको टोपी र लुगा परम्परागत चिनिया“ विवाह पद्धतिअनुरूप दुलहा-दुलही सजाउने काममा लगाइन्छ ।
सन् १९७२ देखि डब्लुडब्लुएफले पाण्डा संरक्षणको काम चीनमा गर्दै आएको छ । चीनमा मात्र ३१ पाण्डा आरक्षण बनाइएका छन् । यीमध्ये सिचुआनमा १८, युनानमा ७ र तिब्बतमा ६ वटा छन् । नेपाल जैविक विविधता सम्मेलन अनुमोदन गर्ने ३५ औं राष्ट्रमा पर्छ । तर व्यावहारिक विधिलाई अनुमोदन गर्न सकेको छैन । हरितवृद्धि र जैविक विविधता संरक्षणका लागि पर्याप्त अभ्यास गर्न सकेको छैन । अर्थतन्त्र र वातावरण बीचको सन्तुलित सम्बन्ध तब हुन्छ, जब हामी कम्तीमा पनि परिस्थितिबारे चासो राख्छौं, बुभmछौं, यसको संरक्षण गछौर्ं र यसबाट लाभ पनि लिन्छौं ।
पाण्डा प्रकृतिको अभिन्न अंग । यो आर्थिक स्रोत पनि हो । यस्ाको प्रजननबाट आयआर्जन गरिन्छ । ८५ मध्ये ३० भन्दा बढी चिडियाघरमा पाण्डाको प्रजनन भइरहेको छ । नेपालमा भने यसो हुन सकेको छैन । सीमान्त जनसमुदायलाई पाण्डा प्रजननको ज्ञान र स्रोत जुटाउन सके निकट भविष्यमा पाण्डाको विनाश रोकिन्छ । साथै ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्न सक्छ । प्रकृतिको दृष्टिमा मानिस र पाण्डामा कुनै ठूलो सानो छैन, ऊ हाम्रो भूक्षेत्रमा बस्दैछ कि हामी उसको - विवेकपर्ूण्ा विचार हुनु आवश्यक छ । बझाङका साना नानीको र्यालीलाई स्वागत छ । तिनलाई साथ दि“दै संयुक्त स्वरमा भनौं-
रातोपाण्डा- जिन्दावाद †
- नरेन्द्रबहादुर विष्ट
प्रमुख, उच्च पर्वतीय जैविक विधिधता
संरक्षण परियोजना
युएनडीपी/जर्ीइएफ/एसजीपी, बझाङ
(कान्तिपुरबाट)
रातो पाण्डा
संसारकै अति दुर्लभ एवं लोपोन्मुख जनावर रातो पाण्डा संखुवासभा, नुम•४ को सुकेपातलबाट २० चैतमा समातिएपछि स्थानीयवासीले संरक्षणको जिम्मेवारी बोकेको मकालु वरुण राष्ट्रिय निकुञ्जप्रति असन्तोष व्यक्त गरेका छन्। अघिल्लो वर्ष नुम•२ मा पनि पाण्डा समातिएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा रातो पाण्डा संरक्षित वन्यजन्तु भएकाले यसलाई समात्ने, मार्ने वा पाल्ने कार्य गर्नेलाई कम्तीमा रु.५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना र १० वर्षसम्म जेल सजाय हुने कानूनी प्रावधान छ। संखुवासभाका मकालु, याफू, सिसुवाखोला, हटिया, चेपुवा, पावाखोला र नुममा पाण्डा पाइन्छ। भरिया र किसानहरू जङ्गलको बाटोमा पटक•पटक रातो पाण्डा भेट्ने गरेको बताउँछन्। निकुञ्जका सहायक संरक्षण अधिकृत विमल रेग्मीका अनुसार अज्ञानवश समातिएकालाई निकुञ्जले जिम्मा लिएर पुनः जङ्गलमै छोड्ने गरेको छ। रेग्मी पाण्डा संरक्षण गर्न स्थानीय जनतालाई यसको महत्वबारे शिक्षा दिनुपर्ने बताउँछन्। समाएका पाण्डाहरूलाई पुनः जङ्गलमा छोड्नुभन्दा चिडियाखानामा प्रजनन् गराएर सङ्ख्या वृद्धि गर्नु उपयुक्त हुने मकालु वरुण मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दुर्गाकिरण राईको सुझाव छ।
रातो पाण्डा काश्मिरदेखि बर्मासम्मको हिमालय पर्वत क्षेत्रमा पाइन्छ। नेपालमा भने लाङटाङ, सगरमाथा, मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्र पाण्डाको लागि चर्चित छन्। संसारमै एकमात्र पाण्डा प्रजनन् केन्द्र भारतको दार्जीलिङस्थित चिडियाखानामा स्थापना गरिएको छ। स्थानीय भाषामा हाब्रे भनिने यो संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र पाइने भए पनि यकिन तथ्याङ्क भने छैन।
to know more about Red Panda plz visit : http://redpanda.cincinnatizoo.org/sdhome.htm
Wednesday, May 7, 2008
आज विहान ९ बजेतिर विजुलीको पोलमा ठोक्किएर घाइते भएको एउटा काग
कागको बारेमा एउटा रमाइलो कुरा थाहा भयो त्यो के भने एउटा काग विरामी या घाइते भयो भने एकै क्षणमा त्यस ठाउँमा धेरै कागहरु भेला भएर कराउँदा रहेछन् । र एकाध घण्टापछि अरु कागहरु त्यस ठाउँबाट गए पनि कमसे कम एउटा चाहीँ घाइते कागको कुरुवा वस्दो रहेछ । त्यो कागको एउटा पखेटा भाँच्चिएको थियो । उड्न नसके पनि यता उता कुद्न चाहिँ सक्थ्यो । एउटा फुच्चे समाउन गएको थियो, नङ्ग्रयाएर पठाइदियो ।
Saturday, May 3, 2008
Dwanshe Chituwa
OccurrenceFound in India, South China, Nepal, Burma, and Indo China to Sumatra and Borneo possibly also in Taiwan (where it may be extinct). They lives mostly in tropical and sub-tropical primary and secondary evergreen forests up to altitudes of 2000 (6500ft.), also recorded in Nepal from scrub forest and tall grassland and from mangrove swamps in Borneo.
DescriptionSecretive and reportedly strictly nocturnal, the Clouded Leopard is one of the world's most enigmatic felids. Unlike the snow leopard, it is disinclined to leave scat and scraps along trails, so its presence is easily missed. They live up to 17 years in captivity. Clouded leopards' tree climbing skills are regularly observed in captivity, where the animals will run down tree trunks head first, clamber upside down along horizontal branches, or hang by their hind paws with the tail providing balance. In the wild they appear mainly to rest in trees. Pig tailed macaques and gibbon are the primary food items. Other reported prey includes birds, small mammals, porcupines, deer and wild boar as well as livestock including chickens and goats.
Conservation StatusDNPWC 2029 Act-Appendix 1, CITES- Appendix1 and IUCN Red Data Book-Vulnerable. Primary threats to this animal are deforestation and hunting; skin, the pelt, bones and long canines are sold to outsiders and local tribes for medicinal, decorative and ceremonial purposes.
Protected Animal : Khar Mujur
OccurrenceThis is a resident bird and found in lowlands in North India and South Nepal. Found in tall grassland with scattered bushes.
DescriptionLarger and stockier than lesser florican, with broad head and thicker neck. Male has black head, neck and underpants, and in flight wings are entirely white except for black tips. Female and immature are buff-brown to sandy-rufous. And have buffish-white wing coverts with fine dark barring. First –summer male resembles adult male, but reverts to female-like plumage in second winter; full adult plumage acquired by second summer.
Conservation StatusListed in CITES Appendix I and IUCN Red Data Book as endangered. It is poached for its feathers and for meat. Due to vegetation succession its habitat is degrading.
ASIAN ELEPHANT
Scientific name: Elephas maximus
Local name: Hatti
Elephants are the largest terrestrial animal alive in the earth. During Pleistocene era eleven forms of elephants lived in this world. They extended the range to every continent of the world except Australia and its associated Islands. Today just two species are found. The species Loxodonta africana thrives in Africa and Elephas maximus inhabits Asia. They are generally referred to as African and Asian elephants respectively.
The African elephant is today found in 34 countries and the Asian is found in only 13 namely: India, Nepal, Bhutan, Bangladesh, Sri Lanka, Myanmar, Thailand, China, Laos, Cambodia, Vietnam, Malaysia and Indonesia.
The height of an elephant is generally estimated by measuring the circumference of the print of its fore foot. In general twice the circumference gives the approximate height of the elephant at the shoulder.
Elephants in Nepal
In Nepal wild elephants inhabit the narrow strip of forests in the terai plain covering approximately 2500 km2. Out of this, 1600 km2 is under protected area management. In this belt, the main herd is found in Parsa Wildlife Reserve, Suklaphanta Wildlife Reserve and in Bardia National Park. The only reproducing herd of wild elephant is found in Parsa, east of Chitwan however in Chitwan National Park, only a few elephants stray in from Parsa. There are stray records of wild elephants in Koshi-tappu, Sunsari and Biratnagar as well. There is a trans-boundary herd that moves from Dudhwa National Park into Suklaphanta, although the exact migration corridors are not known.
In eastern Nepal two herds of resident elephants are identified. The big herd concentrates close to Bahundangi VDC, Jhapa whereas small herd has been roaming from Jhapa to Udaypur district. Beside these resident herds several migrant herd from neighboring country India frequent this region for a short duration it is the time of conflict costing many lives and property damages.
The decline of elephant population in Nepal did not occur until the twentieth century as in hindu mythology, elephants are worshipped as a symbol of god Ganesh. Previously a forest of low land terai was famous for its abundant wildlife stretched the entire length of Nepal. The habitat of wild elephant had been destroyed repeated by different developmental and socio-political activities throughout the history in the narrow belt of terai.
The wild elephant has been listed as endangered species in Nepal by the National parks and Wildlife Conservation Act 1973. Asian wild elephant are among the largest mammals listed in CITES Appendix 1 by World Conservation Union.Area Number
Bardia National Park 50-60
Chitwan National Park and Parsa Wildlife Reserve 25-25
Suklaphanta Wildlife Reserve 11-27
Forest of eastern region 5-15
Total 91-127
Source: DNPWC, 2001
Conflict
People had destroyed the habitat of elephant to accommodate its growing population and to fulfill desire. Due to lack of foodstuffs in the forest elephants come to the village to raid the crops, destroy properties and sometimes kill humans. Such destruction by wild tusker is the serious conservation issue in our country. Conflicts between wild elephants and the people occur to a varying extent throughout its range.
Study from the past revealed that elephants with wounds caused by poachers or villagers but not serious enough to cause death, but weakened, were found to be feeding on crop and other easily available food, thus increasing human wildlife conflict. The crop raiding may have been a result of the lower social status of the animals due to injury.
Major threats to Elephants:
Habitat destruction and illegal hunting are the major threats in the survival of this species. Elephants are hunted down for its tusks and tail hair but in rare cases they are also hunted down for its meat. Tusks are used to make artifacts and ornaments while elephant tail hair is popularly worn in gold bracelets as charms and are also used as a embedding in wedding rings.
After the collapse of ivory markets in Europe and the USA the final frontier for ivory is Asia especially Japan and China. And it is well documented that the majority of African and Asian ivory from all over the world finds it way into markets in Asia illegally. The illegal trade of elephant hair has also been on the rise in Nepal in recent times along with other wildlife products.
When wild elephant was hunted down by the poachers for its tusk it was found that they cut down its tail for its hair. Just 60-70 hairs grow at the end of the tail forming tuft. Even such tail hairs are found plucked out from domestic elephants by its owner for extra income and in rare cases it had also been observed that the keeper himself cut down the tail to obtain this tuft of hair if it don’t allowed him to pluck it out.
WCN’S EFFORT IN CONSERVATION OF WILD ELEPHANT
Since its establishment, Wildlife Conservation Nepal has been working for the protection and conservation of protected animals like elephants by supporting enforcement agencies like national parks and district forest authorities through critical information leading to arrests of poachers and traders. WCN also carries out campaigns, training to concerned enforce
क्रान्तिका नाममा वनविनास गर्नेहरू होसियार
वन सम्पदाको दृष्टिले "हरियो वन नेपालको धन" भन्ने उखान चारकोसे झाडीले दन्त्यकथा जस्तो बोकेको छ । लाग्छ देशको सन्तुलित वातावरणको निम्ति ४३ प्रतिशत भू-भाग जङ्गल हुनुपर्नेमा नेपालमा हाल करिब ३० प्रतिशत मात्र जङ्गल रहेको अनुमान गरिएको छ । नेपालमा सन्तुलित वातावरण फेरि कायम गर्न प्रत्येक नेपालीले प्रत्येक वर्ष दुई वटा रूख आगामी ५० वर्षसम्म रोप्नुपर्ने अनुमान गरिएको छ । आर्थिक एवम् औद्योगिक दृष्टिले मात्र हैन मानिसको जीवनचक्र सञ्चालन गर्न पनि प्राकृतिक वनस्पतिको आवश्यकता पर्दछ । यसैलाई महशुस गरी नेपाल सरकारले देशको सम्पूर्ण वन क्षेत्र २०१३मा राष्ट्रियकरण र २०१८ सालमा सर्वप्रथम वन ऐन लागू गरेको थियो । नेपालको जनशक्तिबाट विद्युतशक्तिको पूर्ण उपयोग हुन सके नेपालको इन्धनको कुल खर्चको ८३.३ प्रतिशत भार बहन गर्ने वनजङ्गल विनासबाट भोगाउन सकिनेछ ।
अब केही कुरा गरौं 'माओवादीले ४ लाख रूख' काटेको आरोप छ । जुन एक सय ६३ हेक्टर वन पFmडानी गरेको र उक्त क्षेत्र बनियाभार गाविस-२ रानी गौर सामुदायिक वनको हो र त्यस क्षेत्रमा भूमिहीनको नाममा करिब दुई हजार छाप्रा बनाई बस्न थालेको साथै युद्ध प्रशिक्षणसमेत दिन थालेको कुरा बाहिर आएको अनि निकुञ्जले अतिक्रमणकारीलाई हट्नको लागि सात दिनको अल्टिमेटम दिएको छ । -कान्तिपुर २०६४ वैशाख २३)अफसोच हाम्रोजस्तो तेस्रो विश्वका देशहरूमा इन्धनको प्रमुख स्रोत दाउरा भएको र वनजङ्गलको अनावश्यक फडानी साथै अन्य दुरूपयोगबाट इन्धनको समस्या मात्र हैन वातावरण, खेतीपाती, वन्यजन्तु आदिलाई प्रतिकूल असर पारेको छ र पार्दछ भन्ने कुरा हृदयबाट नै महशुस हुनुपर्ने हो । तर, यस्ता कुराहरू जान्दाजान्दै पनि क्रान्तिको नाममा वन विनास भएको कुरा नौलो होइन २००७, २०४६ मा पनि काटिएका हुन् तर, राजनीतिक दलको अगुवाइमा थिएन । काठपात र जडिबुटीको दृष्टिले एवम् कृषिका लागि वषर्ा, पशुपालनका लागि घाासपात र चुल्होका लागि ८३.३ प्रतिशत इन्धनको आपूर्ति गर्ने वनजङ्गल अति नै महत्त्वपूर्ण रहेको छ ।
सााच्चै बुझ्नुपर्ने कुरा चाहिँ के छ भने जसले डेढदेखि २ केजीसम्मको खाना प्रतिदिन खाने व्यक्तिको लागि १६देखि ३० केजी अक्सिजन श्वास-प्रश्वासका लागि चाहिन्छ । एउटा स्वस्थ रूखले २.७ केजी अक्सिजन वायुमण्डलमा फ्याक्ने भएकाले स्वास्थ्यका दृष्टिले आवास एवम् बस्ती निकट प्रशस्त मात्रामा जङ्गल हुनु वाञ्छित छ । जङ्गल फडानी गरेर बस्ती बसाल्दैमा राजनीतिमा ठूलो क्रान्ति भएको भान हुन्छ भने त्यो पूर्णरूपमा गलत हुनेछ किनकी "क्रान्ति सिङ्गो राष्ट्रले गई केवल एउटा पार्टीले मात्र गर्ने होइन" भन्ने कुरालाई हृदयङ्गम गरेर बुझ्न आवश्यक छ । नेपालको वन चोरी-निकासी, अतिक्रमण, पूर्व-पश्चिम राजमार्ग साथै खुल्ला सिमानाको कारणले बसाइ सर्नाले हाम्रोजस्तो सानो मुलुकको वन सम्पदा सक्दै-घट्दै, भूक्षय, बाढी-पहिरो, पानीको मुहान सुक्ने र परिस्थितिका सन्तुलन नै बिग्रनेजस्ता बिपत्तिको सिर्जना भएको छ । यानिकी नेपालको वन सम्पदाको एक्लो मात्र महत्त्व होइन कि वन सम्पदाभित्र पाइने वन्यजन्तु तथा चराचुरूङ्गी, फूल, जडिबुटी र पानीको मुख्य स्रोत रहेकाले निकै आवश्यक छ । विश्वमा सङ्कट अवस्थामा रहेका तथा अन्य देशमा नपाइने जीवजन्तुहरू नेपालको वन क्षेत्रमा पाइने एक सिङ्गे गैंडा, कााडे भ्याकुर, अर्ना र रातो शीर भएको हाास भएको घोषणा गरेको छ ।
त्यसो हुनाले नेपालमा कति प्रचुर मात्रामा जीवजन्तु थिए भन्ने कुरा यसरी भन्न सकिन्छ कि सन् १८५० मा प्रधानमन्त्री जङ्गबहादुर राणा सिकार गर्न जाादा २१ ओटा हात्ति, ३१ ओटा बाघ, १ गैंडा, १ गोही, ४ भालु, २० मृग र ३ चितुवा मारेका थिए । अब सोच्नुपर्ने कुरा के हो भने नेपालमा वन्यजन्तुहरू प्रचुर मात्रामा रहेछन् भन्ने कुरा थाहा हुन्छ । तर, यस्तै जङ्गबहादुरको जस्तो सोंच भएका कारणले गर्दा देश अस्थिर राजनीतिसागै विविध समस्यामध्ये वन विनासको समस्यासागै लोप हुन लागेका एक सिङ्गे गैंडा र अर्ना मार्ने कार्य तीव्र भएको हुादा राष्ट्रले वन्यजन्तु संरक्षणप्रति निकै ध्यान पुर्याउने अवस्था छ ।
अब सााचो अर्थमा वनलाई जोगाउने हो भने राज्यको तर्फबाट ठूलो लगानी गर्नुको साथै राष्ट्रको जनताले समेत समझदारी कायम राख्नुपर्दछ । साल, सिसौ, बाँस आदि विशिष्ट काठपातहरू साथै अन्य साधारण काठपातहरूको पनि त्यत्तिकै मात्रामा विकास गरिनुपर्दछ । वन प्रत्यारोपण, साना ठूला परियोजनाहरूको सञ्चालन गर्ने, गाउाघरका मानिसहरूलाई वनको महत्त्वमाथि प्रकाश पार्ने, आफ्ना जग्गाहरूमा बेरोकतोक वन प्रतिरोपण गर्नका निम्ति प्रत्येक नागरिकलाई स्वतन्त्र मौका दिनेजस्ता कामहरूका साथै वन विकासमा सफलता हासिल गर्ने नागरिकहरूलाई सम्मान एवम् पुरस्कारद्वारा उत्साहित र प्रेरित गर्न सक्नुपर्दछ । त्यतिमात्र होइन वन विकासलाई पनि कृषि समान महत्त्व दिई कृषि क्षेत्रबाट यसको महत्त्वलाई सकार्ने गर्नुपर्दछ । वनलाई इन्धनबाट बचाउनको लागि वैकल्पिक उपायमा भूसो चुलो, ग्याँस चुलो, गोलबाल्ने, गोबर ग्याास, दम चुलोआदि सरल साधन अपनाउन प्रभावकारी पाइला चालिनुपर्छ । त्यसपछि मात्र वन विकास भई काठपात, जडिबुटी, पशुपंक्षी, व्यवस्थित ढङ्गबाट संरक्षण गर्न सकिनुका साथै वनबाट राष्ट्रले उर्जाको स्रोत, राष्ट्रिय आम्दानीको स्रोत पर्यटन उद्योगको विकास, कृषि एवम् औद्योगिक विकास, वातावरण संरक्षणका साथ सङ्कटग्रस्त जीवजन्तुको संरक्षणको सन्दर्भमा नेपालमा सङ्कटग्रस्त अवस्थामा पर्न लागेका २८ किसिमका स्तनधारी, ९ किसिमका सरिसृप, २२ किसिमका चरा, २ प्रकारका किटपतङ्ग र १३ किसिमका वनस्पतीहरू छन् जसको संरक्षण वन सम्पदाबाटै गर्न सकिन्छ ।
सोचनीय कुरा के छ भने विश्वमा बढ्दो तापक्रम, ओजन तहको विनासले गर्दा परावैजनी किरणको कारणले छालाको क्यान्सर बनाउने अवस्था, अन्टार्टीका महादेशको हिउा पग्लादै सन् २०४० मा निमिट्यान्न हुने मौसमी परिवर्तनको अवस्था पनि वन सम्पदासाग पनि जोडिन पुग्छ । वन सम्पदालाई वर/पीपल, तुलसी, दूवो र कुशजस्तै वन र वनस्पतिलाई पनि पुज्नुपर्छ अनि मात्र "हरियो वन नेपालको धन" हुनेछ ।
क्रान्तिको नाममा वन विनास गर्नु भनेको आफ्नो कुपमण्डुकता प्रयोग गर्नु हो किनकि शक्तिलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्दा अमृत बन्छ तर विध्वङ्सात्मक भयो भने विष बन्छ । मान्छे एउटा 'उर्जा' शक्ति हो यसमा दुई वटा आयाम छन् एउटा विध्वङ्सक प्रकारको भत्काउने, तोड्ने र अर्को सिर्जनात्मक बनाउने, बसाउने, निर्माण गर्ने खालको हुन्छ । अब हामी सिर्जनात्मक ढङ्गबाट मानवसागै अन्य प्राणीलाई बचाउनको लागि पनि वन सम्पदा बचाउन आवश्यक रहेछ भन्ने कुरा सबैमा महशुस हुनुपर्दछ
बाघ आफैंमा आक्रामक होइन
मानिस ऊभन्दा हतियारले बढी सुसज्जित छ भन्ने उसलाई पक्कै ज्ञान हुन्न। मान्छे मारेमा खोजी खोजी बाघको वंश नै नाश गर्लान् भन्ने डर पनि त उसलाई नहोला। नत भोक लागेका बेला मानिसको वासना सुघ्नासाथ भोक हराउनाले नै हो। बरु बाघको अनुवंशिकी (जीन) मा मानव अनुवंशिकी फरक भएको बोध हुनसक्छ। खासमा त बाघ मानिससँग डराउनुमा तत्काल कसरी भेट्छ र देख्छ भन्नेमा भर पर्छ भन्छन् वन्यजन्तु विशेषज्ञहरू। उदाहरण मानिस चढेको गाडीलाई लिन सकिन्छ। यदि कुनै मानिस गाडीभित्र छ भने बाघले गाडीभित्रको फुच्चे मानिसलाई अलग गराएर हेर्दैन । उसले समुच्चमा एउटा सिँगो गाडीलाई हेर्छ। त्यस्तै , हात्तीमाथि चढेको मानिस र हात्तीलाई अलग अलग नदेखेर एउटै जनावरका रूपमा हेर्छ। अर्थात् हात्ती र कारमा रहेका मानिस तिनै एक अंगसरह हुन् उसका लागि। कार आफ्नो आहारमा नपर्ने र यी दुवै विशाल पनि हुनाले यी दुवैलाई हत्तपत्त आक्रमण गर्दैन। उसले कुनै रोग लागेर , घाइते भएर दौडिन नसक्ने भएमा जनावर लखेट्न सक्दैन। बाघ बूढो हुँदै जाँदा मासु लुछ्ने दाह्रा (क्यानन टिथ) खिइने , भाँचिने वा फुक्लने गर्छन्। यस्ता दाह्रा नभएका बाघलाई शिकार गर्न कठिन पर्छ। यस्ता कमजोर र बूढा बाघ बलिया बाघबाट बच्न पनि बस्ती नजिकका जंगलतिर आउँछन् । किनकि सक्षम बाघहरू प्रायः घना जंगलतिरै बस्छन्। बस्ती वरिपरि आउने यस्तै बाघले नै बस्ती वरिपरिका जीवलाई आक्रमण गर्छन्। ऋतुकालमा पोथी उपयुक्त अवस्थामा देखापरेपछि भालेहरूले पोथी भेट्न आफ्नो सिमाना काट्न थाल्छन्। यो बेला भालेहरूबीच झगडा हुन्छ। २५ प्रतिशत भाले त यौनक्रियाका सवालमा मारिने हुनाले यस्ता झगडा गरेका भाले धेरै आक्रमक हुन्छन्। खासगरी लडाइँमा हारेका बाघले रिसको झोकमा वरिपरि जे देखापर्छ त्यसैमाथि जाइलाग्छन् । उता पोथी ओगटेर बसेका भाले समागमनमै व्यस्त हुन्छन् । हप्तौंदेखि थाकेर र भोकाएर बसेका यस्ता बाघले सजिलै मार्न सकिने जीवमाथि आक्रमण गर्छन्। डमरु १६ महिनाको पुगेपछि मात्रै मासु लुट्ने बंगारा विकास हुन्छन्। यो बंगारा विकास नभएसम्म पूर्णरूपमा माउमा भर पर्छन्। कुनै कारणवश आमा मर्ने , चोटपटक वा रोग लागेर शिकार गर्न नसक्ने अवस्थामा ती डमरुले सजिलो शिकारको खोजी गर्छन्। बस्ती नजिकको जंगलमा बसेर मानिस , घरपालुवा जनावर र घाइते जीव कुर्न थाल्छन्। जंगली जनावर जति छिटो दौडेर भाग्न नसक्ने हुनाले पनि मानिस माथि आक्रमण गर्न सजिलो हुन्छ। सबैभन्दा खतरा त डमरुसहितका बघिनी मानिन्छन्। आफ्ना डमरुको सुरक्षाका लागि जुनसुकै वस्तुमाथि पनि जाइलाग्ने हुनाले यस्ता बघिनीको नजिक परे बच्चा मार्न आएको ठानेर तुरुन्तै आक्रमण गर्छन्। यस्ता बघिनी नरभक्षी भएमा त झन् दीर्घकालीन खतरा रहन्छ। किनकि यिनले आफ्ना डमरुलाई समेत मानव शिकार गर्न सिकाउन थाल्छन्।
भारतको बाघसम्बन्धी बेलायती लेखक स्टेफन मिल्सका अनुसार एउटा पैदलयात्रीले जंगलमा प्रायः देख्ने गरेको भन्दा फरक खाले आर्श्चर्यको विषय हो। किनकि एउटा मानिसको औसत उचाइ एकमिटर ६० सेमि हुन्छ तर बाघ एक मिटरभन्दा होचो। लम्बाई भने तीन मिटरसम्म हुन्छ। त्यसैले जब बाघले मानिसको उचाई देख्छ तब उसले मानिसको लम्बाई ६ मिटरसम्म र ६ मिटर लामो (लमतन्न परेको) विशाल जीवलाई आफूभन्दा शक्तिशाली र आर्श्चर्यको विषय ठानेर डराउँछ। सजिलै मुकाविला गर्न सक्छु भन्ने पक्का नभएसम्म एउटा दक्ष शिकारी हत्तपत्त जाइलाग्दैन। बाघ जंगलको दक्ष शिकारी हो। त्यसैले घरमा रहेसम्म उसले हतारिएर आक्रमण गर्दैन आपतकलीन अवस्थामा बाहेक। अगाडिबाट देखिने मानिसको आकृति बाघका लागि पछाडिका खुट्टाले मात्रै टेकेर अगाडिका खुट्टा उचाली ढाड उभ्याएको भालु वा खरायो जस्तै हो। उभिँदा आफूभन्दा धेरै अग्लो देखिने यस्तो जीवलाई आक्रमण गर्नु बाघले जोखिमपूर्ण ठान्छ। तर सधैं भने यो नियम लागू हुँदैन। किनकि जंगलमा घाँस दाउरा काट्न निहुरिएको बेला बाघले आक्रमण गरेका घटना प्रशस्तै छन्। बाघबाट भएका आक्रमणमध्ये पनि अधिकांश पछाडिबाट हुने गरेका छन्। मानिस निहुरिएको बेला र पछाडिबाट देख्दा मानिस लमतन्न छैन भन्ने थाहा पाउँछ। आफू र आफूले देख्ने गरेका जनावर जस्तै लमतन्न छ भन्ने भ्रम भेटिने हुनाले यस्तो बेला उसले आक्रमण गर्छ। तथ्यांक नै त फेला पर्दैन तर बाघको आक्रमणबाट बचेका घटनामध्ये पछि अधिकांश अगाडिबाट आक्रमण गर्दाको अवस्थाकै बढी भेटिएका छन्। त्यसो त बाघले मानिस मार्नुका अन्य कारण पनि छन्। भारतको सुन्दरवन क्षेत्रमा हरेक वर्ष४० देखि १ सय व्यक्ति बाघबाट मारिन्छन्। यहाँ यस्तै बघिनीले आफ्ना बच्चालाई मानव शिकार गर्न सिकाएकाले यति धेरै मानिस मारिने गरेको विश्वास वैज्ञानिकहरूले गर्दै आएका छन्। तर यसको पुष्टि हुन बाँकी छ। अनेक प्रयत्न गरेर समात्नै आँटेको शिकार फुत्किएको अवस्थामा बाघ निकै खतरा मानिन्छन्। शिकार फुत्किएको बेलाका बाघ पाइला ढिलो चालेर मर्म देखाउने गरेको अवलोकन गरिएको छ। सुकेका झारपात खुट्टाले लतार्ने , गोरेटोका लहरामाथि पनि जाइलाग्ने गरेको पाइएको छ। यस्तो अवस्थाका बाघ त अवश्यै खतरा हुन्छन्। वरिपरि बाँदरको समूह बेस्सरी कराउन थालेपछि पनि बाघ रिसाएर आक्रमक बन्छ। त्यसो त बाघ नरभक्षी हुनुको कारण मानिसको रगत नुनिलो र मासु कमलो हुनाले पनि हो। त्यसैले एकपटक स्वाद लिएका बाघ पल्किने सम्भावना बढी हुन्छ। कमलो मासु चपाउन सजिलो हुनाले पनि प्रायः आकर्षा गर्छ। नुनिलो स्वादबाट बाघ पल्किन्छ भन्ने तथ्य सुन्दरवन क्षेत्रका बाघको प्रारम्भिक अध्ययनबाट पनि देखिएको छ। यो क्षेत्रको पानी नुनिलो छ। यही नुनिलो पानी पिउनाले यहाँका मानिसको शरीर नुनिलो बनाएको छ जसले गर्दा मानव शिकारप्रति यहाँका बाघ बढी आकषिर्त भएको मानिन्छ। हुन त यस्ता बाघबाट बच्ने उपाय नभएका पनि होइनन्। बाघको बासस्थानमा गएर दखल नपुर्याउनु नै बाघबाट बच्ने सर्वोत्तम उपाय हो। बाघको आवाज सुनिएमा अर्के दिशातिर लाग्नु , बाघ हिँडेको बाटो छल्नु , नजिस्काउनु बाघ देखेपछि रुख चढ्नु , ठि • उभिएर समूहमै रहनु उपयुक्त मानिन्छ। बाघले प्राय पछाडिबाट आक्रमण गर्नाले पछाडितिर अनुहार फर्किएको भुकुन्डो लगाएमा पछाडिबाट हेर्दा पनि बाघलाई अगाडिबाटै देखेको भ्रम पर्नाले आक्रमणको सम्भावना कम हुन्छ। यो विधि अपनाउन थालेपछि सुन्दरवन क्षेत्रमा बाघको आक्रमणमा कमी भएको पाइएको छ।