Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Thursday, July 31, 2008

प्रकृतिको सुन्दर धरोहर – इलाम



प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतीले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर इलामको प्रतिविम्वित सजिएको छ । यसका साथै र्सूयो‌‌दय र र्सूयास्तका अद्वितीय दृश्यहरु, हिमाली श्रृंखला तथा विश्व प्रसिद्ध कञ्चनजंघाको दृश्यावलोक श्रीअन्तु, सिद्धिथुम्का, सन्तपुर, छिन्तापु कन्याम जस्ता डाँडाहरुबाट हुन्छ ।

Saturday, July 12, 2008

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
देशकै दुर्गम मानिने कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा जाने अहिले उपयुक्त मौसम हो । स्थानीय बासिन्दाहरूका भनाईमा जेठ-असार महिनामा रारा स्वयंवरका लागि तयार युवतीजस्तै गरी सिङ्गारिएकी हुन्छिन् । तालको वरिपरि रहेको जमिनमा रङ्गीविरङ्गी फूल फुलेका हुन्छन् । बाटामा मनग्ये लालीगुराँस देख्दा लाग्छ, रारा आगमनका लागि प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ ।

Wednesday, July 9, 2008

चितवनका २८ हात्तीमा क्षयरोग

क्षयरोग लागेका चितवनका नौवटा हात्तीको उपचार सुरु भएको छ । चितवनमा निकुञ्ज र निजी गरी २८ हात्तीलाई क्षयरोग भएको छ ।

पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।

क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।

२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।

यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।

निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।

चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।

गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।

क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)

If you save the nature, it saves your life.

किन घट्दैछन दुर्लभ बाघ ?

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बर्सेनी बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बर्सेनी घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्नेजिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाईआर्श्चर्यमानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरू धेरै चिन्तित देखिदैनन्, नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्नउनीहरू आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू बाघ घट्नुको कारण पहिचान गर्नपट्टी ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरूको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालेको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरू फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ मा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षो अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । भने २००१।०२ मा १७ वटा, २००२।०३ मा १८ वटा, २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरूमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ पूर्ण रूपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरू कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन्, 'बाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरू छिट्टै पूर्ण रूपले लोप भएर जाने देखिन्छ ।' नेपालमा बाघहरू शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । गणनाले प्रस्टरूपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बर्सेनी बाघको गणना गर्दैआएको भएता पनि अन्य दुइ आरक्ष क्षेत्रमा विगत आठ वर्षेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरूले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ मा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरूपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्ताको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गौरी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरूहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं. २०२९ सालमा वन विभाग अर्न्तर्गत शाखाको रूपमा स्थापना भईराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको कार्यप्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रूपमा काम गर्दैआइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भूदृष्यहरूको संरक्षण सर्म्वर्द्धन तथा व्यवस्थापन गर्नेउद्देश्यले स्थापना गरिएको विभागअर्न्तर्गत हाल नौवटा राष्ट्रिय निकुञ्ज, तीनवटा वन्यजन्तु आरक्ष, तीनवटा संरक्षण क्षेत्र, तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्तिक्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष सञ्चालन गर्न सयौ कर्मचारी कार्यरत छन्र उनीहरूले वाषिर्क करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि शुन्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्नउनीहरू प्र्ूण्ारुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अर्न्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सर्म्वर्द्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बर्सेनी ह्वात्तै घट्दै जान थालेपछि तिनीहरूको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न पूर्ण रुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरू सक्रिय विशेष गरि वेला वखत पक्राउ पर्नेबाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरूको ठूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सक्रिय छ । तस्करहरूले विभिन्न सम्बन्धसुत्रहरू राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरूलाईनिस्तेज गर्नेकार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दाविगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरूपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरूको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक पूर्व महानिर्देशक भन्छन् ' एक दुइजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरू विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुइतीन जना मन्त्रीहरू इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे , भ्रष्टाचारमा लिप्त हुन पुगे । 'विगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरूको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुइजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाईविश्वास गर्नेहो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरूमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्नेतस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरूको मिलीमतोमा नेपाली तस्करहरूले तस्करीलाईव्यापक पार्नेगरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरू बाघको खोजी गर्दैनेपाल आउने गरेका छन्र उनीहरूकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरूपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सर्म्बर्द्धनकालागि आ- आफ्नो तर्फाट सक्दो सहयोग गर्नेप्रतिबद्धता जनाएर सोही मुताविकको कार्यगर्नु पर्छ । पदको दुरुपयोग गर्दैवन विनास गर्नेतस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाईबदल्नै पर्नेभएको छ । सेना जस्तो महत्त्वप्र्ूण्ार सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन्भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नर्ुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दोकुरा हो । यस प्रति आप\mूलाईगौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, चितुवा, गौरीगाईमार्नेघाइते बनाउने खरिद गर्नेबिक्री गर्नेवा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्नर्ेलाई५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षेखि १५ वर्षम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरू प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी पूर्वक गर्नेहो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।

(राजधानीबाट)


If you save the nature, it saves your life।

Monday, July 7, 2008

नेपालमा तीन सयभन्दा बढी गौरीगाई

काठमाडौं, २२ असार : नेपालमा गौरीगाईको संख्या उल्लेख्य देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको अध्ययनले गौरीगाईको संख्या उल्लेख्य देखाएको हो। पर्सा बन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै गौरीगाई पाइन्छ। पछिल्लो अध्ययनअनुसार हाल नेपालमा तीन सय ३३ गौरीगाई छन्। तीमध्ये ६७ वटा भाले र एक सय २६ पोथी छन्। लिंग नखुलेका गौरीगाईको संख्या ७४ छ भने बाँकी ६६ बाच्छाबाच्छी छन्। 'यो संख्यालाई उल्लेख्य मान्न सकिन्छ', विभागका योजनाअधिकृत नरेन्द्र प्रधानले अन्नपूर्ण पोष्टसँग भने। विभागले गौरीगाईको गणना गरेको यो पहिलो हो। अन्य बन्यजन्तुको जस्तो चोरी सिकारीको निसानामा गौरीगार्ई नपर्ने भएकाले पनि यिनीहरूको संख्या बढेको विज्ञको तर्क छ। गौरीगाई विश्‍वमा संकटापन्न अवस्थामा पुगेको बन्यजन्तु हो। दुलर्भ बन्य जन्तु तथा बनस्पतिसम्बन्धी अन्तराष्ट्रिय महासन्धी(साइटिस) को अनुसूची १ मा सूचीकृत यसलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले पनि संरक्षित बन्यजन्तुको सूचीमा राखेको छ। नेपालबाहेक भारत, बंगलादेश, भुटान, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम र मलेसियामा गौरीगाई पाइन्छ। भारतमा सबैभन्दा धेरै साढे २३ हजार गौरीगाई छन्। नेपालमा पर्सा बन्यजन्तु आरक्षमा ३७ वटा गौरीगाई फेलापरेका छन्। त्यस्तै चितवन राष्ट्रिय निकुञ्जमा दुई सय ९६ वटा गौरीगाई छन्। पछिल्लो समयमा गौरीगाईको बासस्थानमा मानवीय अतिक्रमण बढेका कारण नेपालमा पनि यिनीहरू असुरक्षित बन्दै गएका छन्। यिनीहरू नेपालको चुरेपहाडदेखि तराईको क्षेत्रमा बसोबास गर्छन्। तराईमा पानी बढ्दै गएपछि चुरे उक्लने र अन्य बेला यिनीहरू तराई झर्ने गर्छन्। पर्सा र चितवनबाहेक उदयपुरको त्रियुगा नदीआसपासका क्षेत्रमा पनि यो गाई पाइने अनुमान विज्ञको छ।
गौरीगाईको सँुघ्ने र सुन्ने क्षमता असाध्यै बढी हुन्छ। यिनीहरू समूहमा बस्न रूचाउँछन्। यी गाईले नौ महिनामा बाच्छा जन्माउँछन्।

If you save the nature, it saves your life।


Tuesday, July 1, 2008

पाटेवाघ र गोहीको संख्या घट्यो

क्षेत्रफल र बासस्थानका आधारमा विश्वकै सबैभन्दा उत्तम मानिएको शुक्लाफा“टा वन्यजन्तु आरक्षमा बाघको संख्या अप्रत्यासित रूपमा घटेको छ ।
यसबाट छिमेकी मुलुक भारतका संरक्षित क्षेत्रमा बाघ सिकार गरिसकेका सिकारी नेपाल छिरेका छन् कि भन्ने आशंका संरक्षणकर्तामा उब्जिएको छ । त्यसो त पछिल्लो पटक गणना गरिएका अन्य दुर्लभ वन्यजन्तु गैंडा, गोही र गौरीगाईको संख्या पनि ओरालो लागिरहेको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंगलबार र्सार्वजनिक गरेको शुक्लाफा“टा वन्यजन्तु आरक्षको -बाघको तेस्रो ठूलो बासस्थान) बाघ गणना प्रतिवेदनले संख्या अप्रत्यासित रूपमा स्वात्तै घटनुमा 'सिकार' प्रमुख कारण भएको जनाएको छ ।

तथ्यांकबाट आरक्षमा ६ देखि १४ वटा मात्र बाघ देखिएको छ जबकि दुइ वर्षघिसम्म १० देखि १७ को अनुमान थियो । गणनामा सहभागी प्राविधिकका अनुसार क्यामेरा ट्रयापिङबाट पाँचवटा बाघको तस्बिर मात्र प्राप्त भएको छ । त्यसलाई प्राविधिक रूपमा विश्लेषण गर्दा बच्चा, वयस्क र बूढा गरी बढीमा १४ वटा हुनसक्ने अनुमान गरिएको हो ।



आरक्षको आठवटा ब्लकमा एक सय १२ वटा डिजिटल क्यामेराबाट ८२ दिनसम्म प्रयोग गर्दा बाघको तस्बिर पा“चवटा मात्र प्राप्त भएको

छ । सन् २००४/०५ र ०५/०६ को ट्रयापिङबाट क्रमशः १७ र ९ वटा तस्बिर प्राप्त भएको थियो जबकि यस अवधिमा अहिलेको भन्दा निकै कम समयसम्म क्यामेरा प्रयोग भएका थिए ।

'भारतका संरक्षित क्षेत्रमा सक्रिय सिकारी त्यहा“का बाघ सकिएपछि नेपाल छिरेको अनुमान छ,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. अन्नपर्ूण्ानन्द दासले पत्रकार सम्मेलनमा भने- 'यो एकदमै संवेदनशील अवस्था हो ।'

गणना जनवरीदेखि अप्रिलबीचमा गरिएकाले थप सिकार भएको हुनसक्ने उनले अनुमान गरे । पछिल्लो पटक आरक्ष मध्यभागबाट बाघका हड्डीसहित सिकारी पक्राउ परेका थिए । हतियारको सहज उपलब्धता, संरक्षण कर्मचारीको अभाव, द्वन्द्वका बेला केन्द्रीकृत चौकीहरू पुनःस्थापन नहुनुलगायत समस्याले गर्दा बाघको सिकार बढेको दासले जानकारी दिए ।



If you save the nature, it saves your life.
Google