Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Monday, December 13, 2010

विश्वमै उत्कृष्ट बाघ वासस्थानका रुपमा बर्दिया निकुञ्ज


बाघ संरक्षण गर्न आवश्यक पूर्वाधार र उपयुक्त हावापानी भएकाले बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वमै धेरै बाघ पाइने उत्कृष्ट बासस्थानका रुपमा विकास गर्न सकिने प्रशस्त आधार छन् ।
बाघको आहारका लागि अत्यावश्यक जन्तु हरिणका साथै उक्त निकुञ्जमा पानीको स्रोत (पोखरी, नदी र खोला) अत्यन्त राम्रो रहेकाले सरकारले निकुन्जको सुरक्षाका लागि सामान्य कार्ययोजना अघि बढाएमात्र पनि त्यसलाई छिट्टै मूर्तरुप दिन सकिने सम्भावना छ ।
निकुञ्जले एसियामै धेरै चित्तल पाइने स्थानका रुपमा ख्याति कमाएको छ । निकुञ्जमा जरायो, रतुवा, लघुना, बाह्रसिङ्गे र चित्तल गरी पाँच प्रजातिका हरिण पाइन्छन् ।

Tuesday, November 2, 2010

वन्यजन्तु संरक्षण अभियान

लोपोन्मुख जङ्गली प्रजाति सङ्खुवासभाको वाला, सिसुवा, ताम्कु र याफुमा संरक्षण अभियान थालेको छ ।
 ओखर, लोडसल्ला, सिमल, ठस्लो ओखति र भ्याकुरजस्ता जिल्लामा पाइने लोपोन्मुख प्रजातिको संरक्षण थालिएको हो ।
द इस्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको अगुवाइमा चेतनामूलक अभियान सुरु गरिएको कार्यक्रम संयोजक विनोद गुरुङले बताउनुभयो ।
जिल्लाको वाला गाउँ विकास समितिमा ५० सिमल र तीन सय भ्याकुरखेती सुरु गरिएको छ । यो वर्षरोपिएका ओखरको सङ्ख्या २० मात्र छ । लोडसल्ला भने तीन वर्षअघिदेखि नै संरक्षण गर्न थालिएकाले त्यसको सङ्ख्या अहिले २० हजार नाघेको स्थानीयवासी बताउँछन् ।

Tuesday, October 26, 2010

बन्यजन्तुको तस्करी गर्ने पक्राउ

काठमाडौँ र देशका विभिन्न भागबाट दुर्लभ वन्यजन्तुको अवैध सङ्कलन तथा बिक्री गरेको आरोपमा स्वयम्भूबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा जिल्ला स्याब्रो निवासी पेमा तामाङ रहेका छन् । पक्राउ परेका तामाङबाट पाण्डाको तीन थान छाला समेत बरामद गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तामाङले दुर्लभ पाण्डाको छाला बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरीले पक्रेको हो ।

यसैगरी महाशाखाले अत्यन्त खोजी गरिएका व्यक्तिको सूचिमा रहेका प्रज्ज्वल ताम्राकारलाई आजै पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ परेका ताम्राकार २०६१ सालमा उज्ज्वल जोशीको हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
घटना भएको ६ वर्षसम्म काठमाडौँमा लुकिछिपी हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Tuesday, October 12, 2010

Grey-necked Bunting: latest addition to Nepal's bird list

Press Release 12 October 2010

Bird study in Nepal continues to be an exciting subject. On a recent bird watching trip to Sukla Phanta Wildlife Reserve, the far west Nepal, two young birdwatchers Anish Timsina and Dheeraj Chaudhary have recorded yet another new species of bird for Nepal. This new bird record marks up the country's total as 867 bird species.

Anish Timsina and Dheeraj Chaudhary while bird watching roughly 7 km away from Reserve headquarter Majhgaon near Pipariya found an unusual looking sparrow like bird. They photographed the bird with their digital camera and later consulted with Dr Hem Sagar Baral for identification. The bird appeared to be a new record for the country and Dr Baral tentatively identified the species as Grey-necked Bunting. This record was immediately submitted to Nepal Rare Birds Committee and now has been officially accepted as a new bird to the country.

Wednesday, August 13, 2008

देशभरका बाघको गणना गर्ने तयारी

राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए ।

यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो । 

देशभरका बाघको गणना गर्ने तयारी अन्य समाचार - आरक्षको जग्गा फँडानी गरेर बाँडफाँड - द्वन्द्वपीडित बालबालिका पढ्ने विद्यालयको अवस्था दयनीय

राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए । 

यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो । 

पछिल्लोपटक जुम्ला जिल्लामा पनि पाटेबाघ देखिएको वन्यजन्तु संरक्षण कोषले जनाएको छ । नेपालका निकुञ्ज र वनमा बासस्थान असुरक्षित भएका कारण बाघहरू भारततर्फ जाने क्रम बढेको संरक्षण कोष प्रमुख नेपालले बताए । बाघ भारततर्फ जान नदिन बासस्थान व्यवस्थित गर्न जरुरी रहेको पनि उनले औंल्याए । लोपन्मुख अवस्थामा रहेको पाटेबाघको संरक्षण र बासस्थानको सुरक्षाका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अणनाथ बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै एक सयभन्दा बढी पाटेबाघ हुनसक्ने अनुमान गरिएको छ । चितवनको सामुदायिक वनमा यस वर्षमात्रै दुई बाघ मारिएका छन् । 


If you save the nature, it saves your life.

Monday, August 4, 2008

Beautiful Bug

आहा क्या राम्रो किरो 




If you save the nature, it saves your life.

Thursday, July 31, 2008

प्रकृतिको सुन्दर धरोहर – इलाम



प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतीले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर इलामको प्रतिविम्वित सजिएको छ । यसका साथै र्सूयो‌‌दय र र्सूयास्तका अद्वितीय दृश्यहरु, हिमाली श्रृंखला तथा विश्व प्रसिद्ध कञ्चनजंघाको दृश्यावलोक श्रीअन्तु, सिद्धिथुम्का, सन्तपुर, छिन्तापु कन्याम जस्ता डाँडाहरुबाट हुन्छ ।

Saturday, July 12, 2008

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
देशकै दुर्गम मानिने कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा जाने अहिले उपयुक्त मौसम हो । स्थानीय बासिन्दाहरूका भनाईमा जेठ-असार महिनामा रारा स्वयंवरका लागि तयार युवतीजस्तै गरी सिङ्गारिएकी हुन्छिन् । तालको वरिपरि रहेको जमिनमा रङ्गीविरङ्गी फूल फुलेका हुन्छन् । बाटामा मनग्ये लालीगुराँस देख्दा लाग्छ, रारा आगमनका लागि प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ ।

Wednesday, July 9, 2008

चितवनका २८ हात्तीमा क्षयरोग

क्षयरोग लागेका चितवनका नौवटा हात्तीको उपचार सुरु भएको छ । चितवनमा निकुञ्ज र निजी गरी २८ हात्तीलाई क्षयरोग भएको छ ।

पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।

क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।

२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।

यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।

निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।

चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।

गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।

क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)

If you save the nature, it saves your life.
Google