Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Wednesday, July 9, 2008

चितवनका २८ हात्तीमा क्षयरोग

क्षयरोग लागेका चितवनका नौवटा हात्तीको उपचार सुरु भएको छ । चितवनमा निकुञ्ज र निजी गरी २८ हात्तीलाई क्षयरोग भएको छ ।

पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।

क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।

२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।

यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।

निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।

चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।

गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।

क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)

If you save the nature, it saves your life.

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Google