गत साता बझाङ लुयाटाका बालबालिकाले जोसिलो र्याली निकाले । बाक्लो उपस्थितिबीच नारा यस प्रकार थिए ः
काठे भालु - जिन्दावाद †
एकसि“गे गैंडा - जिन्दावाद †
पानीओत - जिन्दावाद †
सुनौलो चरीपुतली - जिन्दावाद †
रातो बा“दर - जिन्दावाद †
पा“चऔंले - जिन्दावाद †
सुनगाभा - जिन्दावाद †
तिनले रातोपाण्डाको नाम र्यालीमा उच्चारण गरेनन् । यस्ाको मुख्य कारण थियो उनीहरूका लागि तयार जैविक विविधता संरक्षण शिक्षामा रातोपाण्डा समावेश नहुनु । 'रातोपाण्डा मृत फेला' -१५ चैत) समाचार आयो । यो दुःखद खबर ती साना नानी र हामी सबैका लागि । रातो सूचीमा समावेश रातोपाण्डा अझै संरक्षण हुन सकिरहेको छैन । यसमाथि विभिन्न खाले प्रहार भइरहेका छन् र वन्य परिस्थितिमा नकारात्मक असर परिरहेको छ ।
भालु परिवारका आठ प्रजातिमध्ये रातोपाण्डासम्बन्धी प्रलेखहरू १३ औं शताब्दीदेखि चीनमा भएको पाइन्छ । प|mेन्च प्रकृतिशास्त्री प|mेडरिक कुमाइर यसलाई 'ङ्वा' नामले चिनाउ“छन् ।
सिक्किमको राष्ट्रिय जनावर र डब्लुसडब्लुएफको लोगोका रूपमा प्रसिद्धि कमाएको रातोपाण्डाले नेपाल, भारत, भुटान, म्यानमार र चीनलाई आपmनो भूप्रदेश बनाएको छ । मुगुको नाम्लुङ उपत्यका रारा ताल, दक्षिणमा लिथा किमाङ क्षेत्र र पश्चिममा युनान छन् । उत्तरपर्ूर्वी सीमामा पश्चिमी सिचुआनको मिन घा“टीसम्म फैलिएको छ भने इलामको जंगलमा समेत यिनीहरूको उपस्थिति छ । भारतको काश्मीर क्षेत्र पाण्डाको पुरानो भूप्रदेश हो भने सीमावर्ती हिमाली क्षेत्र दार्चुलादेखि हुम्लासम्म प्रलेखहरू मौन छन् । बैतडीको सुपल्या क्षेत्रतिर नियमित घुम्ने एक गोठाला भन्छन्- 'त्यो जंगली कुकुर हो वा भालु, तर त्यो आपmनो पुच्छर घा“टीमा घुमाएर हि“ड्छ । मैले पटक-पटक देखेको छु ।'
पृथ्वीमा बास र पाण्डाको उत्पत्तिको अन्योन्याश्रति सम्बन्ध छ । वसन्तको अन्त र गृष्मको बीच बा“सका तामा र पाण्डाका बालवीर स“गस“गै हर्ुर्किन्छन् । यो समयमा बालवीर कलिला तामामाथि आश्रति हुन्छन् । वयस्क पाण्डा पनि प्रतिदिन सालाखाला बा“सका २ लाख पात खाने गर्छन् । संसारका कुल १२०० प्रजातिका बा“सको आपmनै जीवनशैली छ । कुनै बा“स ३० वर्षा त कुनै ४५ वर्षा फुल्छन् । अधिकतम उमेर भएको बा“स १२० वर्षजीवनकाल पूरा गरेपछि फुल्छ । एक किसिमका बा“स प्रजाति संसारभर एकैपटक फुल्छन् । जब बा“स फुल्छन् एक पिंढी बा“सको अन्त हुन्छ साथै पाण्डा पनि यो चक्रबाट मुक्त हुन सक्तैन । ठूलो संख्यामा तिनीहरू भुखमरीबाट जीवन उर्त्र्सग गर्छन् । बा“स पाण्डाको मुख्य भोजन र प्रमुख शत्रु पनि हो । पाण्डा संरक्षण गर्न पाण्डा र बा“स दुवैको प्रकृतिको अध्ययन जरुरी छ ।
पाण्डाका अर्काथरी शत्रु हुन् विवेकहीन मानिस र तिब्बती पmयाउरो । हिमचितुवा, साइबेरियन बाघ पाण्डाका थप शत्रु हुन् । प्राकृतिक रूपमै पाण्डाका भाले पोथीबीच यौन वितृष्णा तिनीहरूको प्रजननमा बाधक छ । समग्रमा ७८ प्रतिशत पोथी र ९० प्रतिशत भाले पाण्डा क्रमशः गर्भधारण र बा“झोपनको समस्याबाट पीडित बन्छन् । प्रयोगका सिलसिलामा १४ वर्षो भाले र १२ वर्षो पोथीलाई ८ वर्षम्म स“गै राख्दासमेत आपसी समागम नहुनु पाण्डा विनाशको प्राकृतिक पाटो हो ।
विगत ५० वर्षा चीनमा पाण्डाको संख्या ४० प्रतिशतले कमी भएको छ । आईयुसीएनले यसलाई संकट उत्पन्न वर्गको जन्तुका रूपमा रातो सूचीमा समावेश गरेको छ । साइटिसको अनुसूची- १ मा राखी यस्ाको व्यापारलाई पर्ूण्ारूपमा निषेध गरिएको छ । यस्ाको छाला चिनिया“ बजारमा लोकप्रिय छ । यस्ाबाट बनेको टोपी र लुगा परम्परागत चिनिया“ विवाह पद्धतिअनुरूप दुलहा-दुलही सजाउने काममा लगाइन्छ ।
सन् १९७२ देखि डब्लुडब्लुएफले पाण्डा संरक्षणको काम चीनमा गर्दै आएको छ । चीनमा मात्र ३१ पाण्डा आरक्षण बनाइएका छन् । यीमध्ये सिचुआनमा १८, युनानमा ७ र तिब्बतमा ६ वटा छन् । नेपाल जैविक विविधता सम्मेलन अनुमोदन गर्ने ३५ औं राष्ट्रमा पर्छ । तर व्यावहारिक विधिलाई अनुमोदन गर्न सकेको छैन । हरितवृद्धि र जैविक विविधता संरक्षणका लागि पर्याप्त अभ्यास गर्न सकेको छैन । अर्थतन्त्र र वातावरण बीचको सन्तुलित सम्बन्ध तब हुन्छ, जब हामी कम्तीमा पनि परिस्थितिबारे चासो राख्छौं, बुभmछौं, यसको संरक्षण गछौर्ं र यसबाट लाभ पनि लिन्छौं ।
पाण्डा प्रकृतिको अभिन्न अंग । यो आर्थिक स्रोत पनि हो । यस्ाको प्रजननबाट आयआर्जन गरिन्छ । ८५ मध्ये ३० भन्दा बढी चिडियाघरमा पाण्डाको प्रजनन भइरहेको छ । नेपालमा भने यसो हुन सकेको छैन । सीमान्त जनसमुदायलाई पाण्डा प्रजननको ज्ञान र स्रोत जुटाउन सके निकट भविष्यमा पाण्डाको विनाश रोकिन्छ । साथै ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्न सक्छ । प्रकृतिको दृष्टिमा मानिस र पाण्डामा कुनै ठूलो सानो छैन, ऊ हाम्रो भूक्षेत्रमा बस्दैछ कि हामी उसको - विवेकपर्ूण्ा विचार हुनु आवश्यक छ । बझाङका साना नानीको र्यालीलाई स्वागत छ । तिनलाई साथ दि“दै संयुक्त स्वरमा भनौं-
रातोपाण्डा- जिन्दावाद †
- नरेन्द्रबहादुर विष्ट
प्रमुख, उच्च पर्वतीय जैविक विधिधता
संरक्षण परियोजना
युएनडीपी/जर्ीइएफ/एसजीपी, बझाङ
(कान्तिपुरबाट)
No comments:
Post a Comment