Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Wednesday, August 13, 2008

देशभरका बाघको गणना गर्ने तयारी अन्य समाचार - आरक्षको जग्गा फँडानी गरेर बाँडफाँड - द्वन्द्वपीडित बालबालिका पढ्ने विद्यालयको अवस्था दयनीय

राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए । 

यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो । 

पछिल्लोपटक जुम्ला जिल्लामा पनि पाटेबाघ देखिएको वन्यजन्तु संरक्षण कोषले जनाएको छ । नेपालका निकुञ्ज र वनमा बासस्थान असुरक्षित भएका कारण बाघहरू भारततर्फ जाने क्रम बढेको संरक्षण कोष प्रमुख नेपालले बताए । बाघ भारततर्फ जान नदिन बासस्थान व्यवस्थित गर्न जरुरी रहेको पनि उनले औंल्याए । लोपन्मुख अवस्थामा रहेको पाटेबाघको संरक्षण र बासस्थानको सुरक्षाका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अणनाथ बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै एक सयभन्दा बढी पाटेबाघ हुनसक्ने अनुमान गरिएको छ । चितवनको सामुदायिक वनमा यस वर्षमात्रै दुई बाघ मारिएका छन् । 


If you save the nature, it saves your life.

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Google