पशुपन्छी भनेका मानिसको स्वार्थ र उपयोगकालागि मात्रै हुन ? के यिनमा सम्बेदना, माया र ममता भन्ने हुँदैन? धारिलो हतियारले अड्कलीअड्कली हानेर हत्या गर्दा के यिनलाई पिडा नहोला ? आफ्नो परिवार र बालबच्चाको माया यिनमा नहोला ? आफन्तको मृत्यूले के यिनलाई पटक्कै नछोला ? यो केहिपनि हुदैन भनेरै त होला बर्षेनी हजारौ जनावरलाइ यातना दिएर मार्ने गरिएको। सयौलाई घाइते पारेर छोडिने गरिएको। क्षणिक आनन्दकालागि खोरमा थुन्ने, पखेटा र हात खुट्टा भाच्ने, हेरेर क्षणिक आनन्द लिनकै लागिपनि हत्या गर्ने गरिएको। तर हेर्नुहोस त, दक्षिण अफ्रीकी मुलुक केन्यामा भएको एउटा घटनाले हात्तीहरु आफन्तको मृत्यूमा कति पिडित बन्छन, आफ्नो माउ गुम्दा बच्चालाई कति चोट पर्ने रहेछ, आपतमा परेकालाई कतिसम्म सहयोग गर्ने रहेछन, पाकाहरुले बच्चालाई कति प्राथमिकता दिने रहेछन, आफन्तको मृत्यूको पिडामा कति शोक मनाउने रहेछन भन्ने एउटा मार्मिक तस्बिर देखाएको छ।
पहिलो दिन : आफृकी राष्ट्र केन्याको सम्बुरु राष्ट्रीय आरक्षमा एउटा पोथी हात्ती बिरामी पर्छ। अक्टोबर १० का दिन। दुख , पिडा र दुखाइले छट्पटिएर भूईमा ढलेकि एलेनर (सायद बन्यजन्तु बिशेषगहरुले राखेको नाम) लाई देखेर अर्कि हात्तीको मन छुन्छ। एलेनरलाई ग्रेस नामकि त्यो हात्तीले सहयोगको हात फैलाउँछे। भूईमा पिडाले छट्पटाइरहेकि उनलाई ग्रेसले स्पर्श गर्छे। माया र सद्भावबाट मातृत्व देखाउँछे। उसले एलेनरलाई उठाउन सकिन्छ की भनेर उसको शरिरलाई आफ्ना खुट्टाले पछाडी तान्छे। यो अक्टोबर १० को कुरा हो। आफ्नो नातागोता र समूह बाहिरकै भएपनि हात्तीहरुले एक अर्कालाई यसरि सहयोग गर्छन्। आपत बिपतमा पर्दा त्यसलाई टार्ने कोसिस गर्छन। अर्काको दुख , पिर, बेदना र छट्पटिमा दुखित हुन्छन। रुन्छन र भक्कानिन्छन।
दोस्रो दिन: रात छिप्पिदै जान्छ। ग्रेस (दाहिने तिर) का परिवार वा समुहले छोडेर आफ्नो बाटो लाग्छन। वन्यजन्तु बिशेषज्ञ लेन डग्लस हेमिल्टोनका अनुसार ग्रेस बिरामी परेर थलिएको उनका अन्य साथीहरुलाई थाह नभएको हुन सक्छ। किनकी उ बिरामी एलेनरलाई सहयोग गर्न बस्छे। ग्रेसले उसलाई आफ्नो दाहिने खुट्टाले भर दिएर उठाउन खोज्छे। एक घण्टासम्म त ग्रेस एलेनरकै साथमा हुन्छे। तर त्यति समयसम्मपनि एलेनर उठ्ने छाटकाँट नदेखेपछि ग्रेसपनि आफ्नो बाटो लाग्छे। एलेनरलाइ साथ दिदादिदै ग्रेसका परिवार, साथी र समूदाय करिब एक घण्टा टाढा एउटा नदीमा पुगिसकेका हुन्छन् पानी खान, नुहाउन, खेल्न र आराम गर्न। हात्तीहरुले दिनभरि यात्रा गर्ने, चर्ने गर्छन र राती भने कुनै दह, ताल, नदी वा कुवामा सुस्ताउने गर्छन। बाँकि शिर्षक दुइमा ।
तेस्रो दिन: दुखको कुरा। ग्रेसले आफ्ना साथीहरु छोडिछोडि सहयोग गर्दापनि ग्रेसको मृत्यू हुन्छ भोलीपल्ट। अर्थात अक्टोबर ११ का दिन बिहान ११ बजेतिर। त्यसको लगत्तै माइ नाम गरेको अर्को हात्ती अली अप्ठेरो मानी मानी एलेनरको मृत शरिर छेउ आइपुगि। उसले आफ्नो सुँड तनक्क तन्काइ। नाकको हावाले एलेनरको शरिरमा फुकि। नाकले उसको शरिरमा छोएर के भएको हो बुझ्न उसले एलेनरको शरिरमा छोएको सुँड आफ्नो मुखमा घुसारि। माईले आफ्ना खुट्टाले एलेनरको मृत शरिरमा स्पर्ष गरि। अर्को खुट्टा र सुँडले एलेनरको शरिरलाई अलिकति धकली। देब्रे खुट्टा र सुँडले एलेनरको शरिरमा छोएर माई उभिइरहि ग्रेसको मृत शरिरमाथी। यसै गरेर शरिरलाई यता र उती हल्लाई करिब ८ मिनेटजति।
चौथो दिन: अर्थात अक्टोबर १२, २००३ का दिन। ग्रेसको मृत शरिर छेउ एलेनरको समूह र परिवारसङ्ग असम्बन्धित एउटा अर्को हात्तीको बथान आइपुग्यो। एलेनरसङ्ग एउटा ६ महिने छावा (बच्चा) रहेछ। ति समूहले एलेनरकै अघिल्ला अघिल्ला बेतका हुर्किसकेका छोरीहरुलाई पर पर धकलेर त्यो सानो टुहुरो बच्चालाई आफ्नी मृत आमाको छेउ बस्न दिएछन ( पहिलो तस्विर ) । कहिलेकाहि प्रकृतिपनि अती निष्ठूरि भइदिन्छ। ग्रेसको परिवार र समूहका अन्य सदस्यले हेरचाह र पालन पोष्ण गर्न खोज्दा खोज्दैपनि ग्रेस मरेको तिन महिनपछि त्यो बच्चाकोपनि मृत्यू भएछ। असल गूण भएका परिवारले ग्रेसलाई माया गर्ने, दुई दिनसम्म हेरचाह र मद्दत गरेका रहेछन। अन्य दुइ हात्तीलेपनि ग्रेसको ढलेको शरिर हेरेर गएका रहेछन। उनीहरुले हेरचाह गर्दा ग्रेस सुस्तरि उठेकि रहिछन। उनीहरुको स्याहार सुसारमा चाख दिएपनि उनीमा बिचल्ली भएको भावना चाहि देखिएको रहेनछ।
यि तस्बिरहरु लिनु भन्दा अगाडि एलेनरको सुँड सुन्निएको थियो। खुट्टा र कान धसारिएका थिए। दाह्रा भाँच्चिएको थियो। (हात्तीहरुमा भाले र पोथी दुबैका दाह्रा हुन सक्छन। कुनै कुनै पोथीका भने हुदैनन। पोथीहरुमा दाह्रा भएपनि भालेका भन्दा अली छोटा र झिना हुन्छन)। यो अवस्थामा देखिएको केहिबेरपनि (दुइ मिनेट भनेका छन यो तस्बिर लिने सिभानी भल्लले) एलेनर ढलिन। त्यसको लगत्तै ग्रेस पुगिछन। ग्रेसको पुच्छर ठाडो थियो। आँखा र कानको बिचको धमनी काँपिरहेका थिए। (नेशनल ज्योग्राफीको मुल आलेखलाई ददि सापकोटाद्वारा भावानुवाद गरिएको हो। तस्बिरपनि सबै नेशनल ज्योग्रफीकै हुन- नेपालप्लस)
(नेपाल प्लसबाट)
No comments:
Post a Comment