Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Saturday, May 3, 2008

क्रान्तिका नाममा वनविनास गर्नेहरू होसियार

जब-जब देशको राष्ट्रिय राजनीतिमा केही उतारचढाव सुरू हुन थाल्छ त्यतिखेर देशको प्रमुख समस्या नै वन विनासको समस्या बन्ने गर्छ । सााच्चै भन्नुपर्दा वन भनेको प्राकृतिक सम्पदा हो, जसको विनास वा ह्रास हुादै गयो भने त्यसबाट अरू अनेकौं प्राकृतिक एवम् अप्राकृतिक समस्याहरू उत्पन्न हुन थालेका छन् । वन विनासबाट उत्पन्न प्राकृतिक समस्या एकातिर पानी नपारी मरुभूमि बढ्ने समस्या, अर्कोतिर बाढी/पहिरो अत्यधिक मात्रामा बढ्न गई भूमि र जनधनकै धेरै नोक्सानी हुने समस्या, पानीको मुहान सुक्ने र परिस्थिति र वातावरणको सन्तुलन नै बिग्रने जस्ता विपत्तिको सिर्जना भएको छ । नेपाल भू-क्षयबाट प्रत्येक वर्ष २४ करोड क्यूविक मिटर माटो बगेर जान्छ । वास्तवमा भन्नुपर्दा देशको अस्थिर राजनीतिको कारणले गर्दा पनि देशको धेरै समस्यामध्ये वन प्रमुख समस्या बन्न पुगेको छ ।
वन सम्पदाको दृष्टिले "हरियो वन नेपालको धन" भन्ने उखान चारकोसे झाडीले दन्त्यकथा जस्तो बोकेको छ । लाग्छ देशको सन्तुलित वातावरणको निम्ति ४३ प्रतिशत भू-भाग जङ्गल हुनुपर्नेमा नेपालमा हाल करिब ३० प्रतिशत मात्र जङ्गल रहेको अनुमान गरिएको छ । नेपालमा सन्तुलित वातावरण फेरि कायम गर्न प्रत्येक नेपालीले प्रत्येक वर्ष दुई वटा रूख आगामी ५० वर्षसम्म रोप्नुपर्ने अनुमान गरिएको छ । आर्थिक एवम् औद्योगिक दृष्टिले मात्र हैन मानिसको जीवनचक्र सञ्चालन गर्न पनि प्राकृतिक वनस्पतिको आवश्यकता पर्दछ । यसैलाई महशुस गरी नेपाल सरकारले देशको सम्पूर्ण वन क्षेत्र २०१३मा राष्ट्रियकरण र २०१८ सालमा सर्वप्रथम वन ऐन लागू गरेको थियो । नेपालको जनशक्तिबाट विद्युतशक्तिको पूर्ण उपयोग हुन सके नेपालको इन्धनको कुल खर्चको ८३.३ प्रतिशत भार बहन गर्ने वनजङ्गल विनासबाट भोगाउन सकिनेछ ।
अब केही कुरा गरौं 'माओवादीले ४ लाख रूख' काटेको आरोप छ । जुन एक सय ६३ हेक्टर वन पFmडानी गरेको र उक्त क्षेत्र बनियाभार गाविस-२ रानी गौर सामुदायिक वनको हो र त्यस क्षेत्रमा भूमिहीनको नाममा करिब दुई हजार छाप्रा बनाई बस्न थालेको साथै युद्ध प्रशिक्षणसमेत दिन थालेको कुरा बाहिर आएको अनि निकुञ्जले अतिक्रमणकारीलाई हट्नको लागि सात दिनको अल्टिमेटम दिएको छ । -कान्तिपुर २०६४ वैशाख २३)अफसोच हाम्रोजस्तो तेस्रो विश्वका देशहरूमा इन्धनको प्रमुख स्रोत दाउरा भएको र वनजङ्गलको अनावश्यक फडानी साथै अन्य दुरूपयोगबाट इन्धनको समस्या मात्र हैन वातावरण, खेतीपाती, वन्यजन्तु आदिलाई प्रतिकूल असर पारेको छ र पार्दछ भन्ने कुरा हृदयबाट नै महशुस हुनुपर्ने हो । तर, यस्ता कुराहरू जान्दाजान्दै पनि क्रान्तिको नाममा वन विनास भएको कुरा नौलो होइन २००७, २०४६ मा पनि काटिएका हुन् तर, राजनीतिक दलको अगुवाइमा थिएन । काठपात र जडिबुटीको दृष्टिले एवम् कृषिका लागि वषर्ा, पशुपालनका लागि घाासपात र चुल्होका लागि ८३.३ प्रतिशत इन्धनको आपूर्ति गर्ने वनजङ्गल अति नै महत्त्वपूर्ण रहेको छ ।
सााच्चै बुझ्नुपर्ने कुरा चाहिँ के छ भने जसले डेढदेखि २ केजीसम्मको खाना प्रतिदिन खाने व्यक्तिको लागि १६देखि ३० केजी अक्सिजन श्वास-प्रश्वासका लागि चाहिन्छ । एउटा स्वस्थ रूखले २.७ केजी अक्सिजन वायुमण्डलमा फ्याक्ने भएकाले स्वास्थ्यका दृष्टिले आवास एवम् बस्ती निकट प्रशस्त मात्रामा जङ्गल हुनु वाञ्छित छ । जङ्गल फडानी गरेर बस्ती बसाल्दैमा राजनीतिमा ठूलो क्रान्ति भएको भान हुन्छ भने त्यो पूर्णरूपमा गलत हुनेछ किनकी "क्रान्ति सिङ्गो राष्ट्रले गई केवल एउटा पार्टीले मात्र गर्ने होइन" भन्ने कुरालाई हृदयङ्गम गरेर बुझ्न आवश्यक छ । नेपालको वन चोरी-निकासी, अतिक्रमण, पूर्व-पश्चिम राजमार्ग साथै खुल्ला सिमानाको कारणले बसाइ सर्नाले हाम्रोजस्तो सानो मुलुकको वन सम्पदा सक्दै-घट्दै, भूक्षय, बाढी-पहिरो, पानीको मुहान सुक्ने र परिस्थितिका सन्तुलन नै बिग्रनेजस्ता बिपत्तिको सिर्जना भएको छ । यानिकी नेपालको वन सम्पदाको एक्लो मात्र महत्त्व होइन कि वन सम्पदाभित्र पाइने वन्यजन्तु तथा चराचुरूङ्गी, फूल, जडिबुटी र पानीको मुख्य स्रोत रहेकाले निकै आवश्यक छ । विश्वमा सङ्कट अवस्थामा रहेका तथा अन्य देशमा नपाइने जीवजन्तुहरू नेपालको वन क्षेत्रमा पाइने एक सिङ्गे गैंडा, कााडे भ्याकुर, अर्ना र रातो शीर भएको हाास भएको घोषणा गरेको छ ।
त्यसो हुनाले नेपालमा कति प्रचुर मात्रामा जीवजन्तु थिए भन्ने कुरा यसरी भन्न सकिन्छ कि सन् १८५० मा प्रधानमन्त्री जङ्गबहादुर राणा सिकार गर्न जाादा २१ ओटा हात्ति, ३१ ओटा बाघ, १ गैंडा, १ गोही, ४ भालु, २० मृग र ३ चितुवा मारेका थिए । अब सोच्नुपर्ने कुरा के हो भने नेपालमा वन्यजन्तुहरू प्रचुर मात्रामा रहेछन् भन्ने कुरा थाहा हुन्छ । तर, यस्तै जङ्गबहादुरको जस्तो सोंच भएका कारणले गर्दा देश अस्थिर राजनीतिसागै विविध समस्यामध्ये वन विनासको समस्यासागै लोप हुन लागेका एक सिङ्गे गैंडा र अर्ना मार्ने कार्य तीव्र भएको हुादा राष्ट्रले वन्यजन्तु संरक्षणप्रति निकै ध्यान पुर्‍याउने अवस्था छ ।
अब सााचो अर्थमा वनलाई जोगाउने हो भने राज्यको तर्फबाट ठूलो लगानी गर्नुको साथै राष्ट्रको जनताले समेत समझदारी कायम राख्नुपर्दछ । साल, सिसौ, बाँस आदि विशिष्ट काठपातहरू साथै अन्य साधारण काठपातहरूको पनि त्यत्तिकै मात्रामा विकास गरिनुपर्दछ । वन प्रत्यारोपण, साना ठूला परियोजनाहरूको सञ्चालन गर्ने, गाउाघरका मानिसहरूलाई वनको महत्त्वमाथि प्रकाश पार्ने, आफ्ना जग्गाहरूमा बेरोकतोक वन प्रतिरोपण गर्नका निम्ति प्रत्येक नागरिकलाई स्वतन्त्र मौका दिनेजस्ता कामहरूका साथै वन विकासमा सफलता हासिल गर्ने नागरिकहरूलाई सम्मान एवम् पुरस्कारद्वारा उत्साहित र प्रेरित गर्न सक्नुपर्दछ । त्यतिमात्र होइन वन विकासलाई पनि कृषि समान महत्त्व दिई कृषि क्षेत्रबाट यसको महत्त्वलाई सकार्ने गर्नुपर्दछ । वनलाई इन्धनबाट बचाउनको लागि वैकल्पिक उपायमा भूसो चुलो, ग्याँस चुलो, गोलबाल्ने, गोबर ग्याास, दम चुलोआदि सरल साधन अपनाउन प्रभावकारी पाइला चालिनुपर्छ । त्यसपछि मात्र वन विकास भई काठपात, जडिबुटी, पशुपंक्षी, व्यवस्थित ढङ्गबाट संरक्षण गर्न सकिनुका साथै वनबाट राष्ट्रले उर्जाको स्रोत, राष्ट्रिय आम्दानीको स्रोत पर्यटन उद्योगको विकास, कृषि एवम् औद्योगिक विकास, वातावरण संरक्षणका साथ सङ्कटग्रस्त जीवजन्तुको संरक्षणको सन्दर्भमा नेपालमा सङ्कटग्रस्त अवस्थामा पर्न लागेका २८ किसिमका स्तनधारी, ९ किसिमका सरिसृप, २२ किसिमका चरा, २ प्रकारका किटपतङ्ग र १३ किसिमका वनस्पतीहरू छन् जसको संरक्षण वन सम्पदाबाटै गर्न सकिन्छ ।
सोचनीय कुरा के छ भने विश्वमा बढ्दो तापक्रम, ओजन तहको विनासले गर्दा परावैजनी किरणको कारणले छालाको क्यान्सर बनाउने अवस्था, अन्टार्टीका महादेशको हिउा पग्लादै सन् २०४० मा निमिट्यान्न हुने मौसमी परिवर्तनको अवस्था पनि वन सम्पदासाग पनि जोडिन पुग्छ । वन सम्पदालाई वर/पीपल, तुलसी, दूवो र कुशजस्तै वन र वनस्पतिलाई पनि पुज्नुपर्छ अनि मात्र "हरियो वन नेपालको धन" हुनेछ ।
क्रान्तिको नाममा वन विनास गर्नु भनेको आफ्नो कुपमण्डुकता प्रयोग गर्नु हो किनकि शक्तिलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्दा अमृत बन्छ तर विध्वङ्सात्मक भयो भने विष बन्छ । मान्छे एउटा 'उर्जा' शक्ति हो यसमा दुई वटा आयाम छन् एउटा विध्वङ्सक प्रकारको भत्काउने, तोड्ने र अर्को सिर्जनात्मक बनाउने, बसाउने, निर्माण गर्ने खालको हुन्छ । अब हामी सिर्जनात्मक ढङ्गबाट मानवसागै अन्य प्राणीलाई बचाउनको लागि पनि वन सम्पदा बचाउन आवश्यक रहेछ भन्ने कुरा सबैमा महशुस हुनुपर्दछ

No comments:

Google