Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Saturday, July 12, 2008

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
देशकै दुर्गम मानिने कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा जाने अहिले उपयुक्त मौसम हो । स्थानीय बासिन्दाहरूका भनाईमा जेठ-असार महिनामा रारा स्वयंवरका लागि तयार युवतीजस्तै गरी सिङ्गारिएकी हुन्छिन् । तालको वरिपरि रहेको जमिनमा रङ्गीविरङ्गी फूल फुलेका हुन्छन् । बाटामा मनग्ये लालीगुराँस देख्दा लाग्छ, रारा आगमनका लागि प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ ।


रारा पुगेर र्फकनका लागि बढीमा पाँच दिन छुट्याउनु भए पुग्छ । हुन त नेपालगन्जबाट हवाइमार्ग हुँदै सोझै मुगुको सदरमुकाम गमगढी भएर जाने हो भने तीन दिनमै पनि रारा पुगेर र्फकन पनि सकिन्छ । अगुल्टो लिन गएजस्तो हतारो किन गर्ने ? कम्तिमा पाँच दिन निकाल्न सक्नु भयो भने जुम्लाको सदरमुकाम खलङ्गा हुँदै दुई दिनको पैदल यात्रा गर्दै रारा जानु सबैभन्दा उपयुक्त र रमाइलो हुन्छ । थप एक दिन खर्च गर्ने रहर गर्नु भयो भने खस भाषाको जननीस्थल सिंजा भेकलाई पनि आफ्नो आँखाभित्र अटाउन सक्नु हुन्छ । यो दुई सय वर्ष अघिको समृद्धशाली सिंजा राज्यको राजधानी पनि हो । ऐतिहासिक अवशेषहरू हेर्न, मनोरम प्राकृतिक दृश्यहरूको आनन्द लिन, त्यहाँको सामाजिक रहनसहनका बारेमा पनि बुझ्ने र छोटो-मिठो पैदल यात्राको रमाइलो अनुभव सँगाल्नका लागि यो उपयुक्त मार्ग पनि हो ।
त्यसका लागि सर्वप्रथम तपाईंले नेपालगन्ज वा सुर्खेतबाट हवाईयात्रा गर्दै जुम्ला पुग्नु पर्छ । दुर्गम भनिए पनि सुविधाका दृष्टिले कर्णाली अञ्चलको सदरमुकाम जुम्ला मध्य तथा सुदूरपश्चिमका कुनै पनि पहाडी नगरपालिकाभन्दा कम छैन । फराकिलो उपत्यका, उब्जाउयोग्य जमिन, सडकबाटो नजोडिँदै हवाइ मार्गबाट पुर्‍याइएका साइकल तथा ट्याक्टरहरूका कारणले खलङ्गा तपाईंलाई कर्णालीको अंश हो जस्तै लाग्दैन । हवाईजहाजले समयमै जुम्ला उतारिदियो भने तपाईं त्यहाँको तातोपानी पुगेर आफ्नो जीउलाई चंगाजस्तै फूर्तिलो र हिन्दू संस्कृतिअनुसार पवित्र बनाउन सक्नु हुन्छ । अहिले त्यहाँसम्म जाने जीप पाइन्छ । जान-आउन एक घन्टा पैदल यात्रा गरे पनि हुन्छ ।
भोलिपल्ट तपाईंं राराका लागि यात्रा सुरू गर्न सक्नु हुन्छ । खसहरूको तीर्थ मानिने सिंजा भेक जाने हुनु भयो भने जुम्ला सदरमुकाम खलङ्गाबाट पश्चिम लाग्नु पर्छ । सोझै रारा जाने हुँदा चाहिँ कर्णाली प्राविधिक शिक्षालय हुँदै उत्तरतर्फ लाग्नु पर्छ । नाकै जोतिएलाजस्तो लाग्ने उकालो केही घण्टा हिडेपछि जति हेरे पनि तृप्ति नहुने डाँफेको लेक आइपुग्छ । दुर्लभ जडिबुटी यार्सागुम्बा पाइने ठाउँलाई टेक्न पाउनु हुन्छ । रुख विरुवा बिनाका अग्ला चुचुरामा हिउा मुस्काइरहेको देख्न पाउनु हुन्छ । जेठ महिनामा हिउँ देख्न पाउँदा तराईमा हुर्के बढेकाहरूका लागि आठौं आश्चर्यजस्तै बन्न पुग्छ । जिउभरि लेउका लुगा लगाएका हिमाली रुख पाखाभित्तामा स्वागतका लागि उभिएका हुन्छन् । दक्षिणतर्फ हेर्दा आफैंले छोडेर आएको जुम्ला फाँट देखिन्छ । उत्तर-पश्चिम-पूर्व जता हेरे पनि हिउँका चुचुराहरू आँखैमा टाँसिन आइपुग्छन् । यदि उत्तरतर्फ मात्रै हिमाल हुन्छन् भन्ने विश्वास साँच्नु भएको छ भने त्यतिखेर त्यो फगत अन्धविश्वास बन्न पुग्छ ।
एकैछिन तेर्सैतेर्सो हिडेपछि उकालो हिड्दाको थकाइ बिर्सनुहन्छ । रमाइलो गर्दै अलिकति अघि बढेपछि डाँफेलेकको शीरमा रहेको थारमारे आइपुग्छ । त्यहाँको होटलमा थकाइ मारेर चिया, चाउचाउ खान सक्नु हुन्छ । त्यहाँबाट अघि बढेपछि बिहान उकालो हिड्दाको थकाइसमेत बिर्साउने गरीको ओरालो आइपुग्छ । बाटोका दायाँबायाँ रहेका गोठमा नियाल्नु भयो भने चौरी गाई, याक देख्न पाउनु हुन्छ । करीब डेढ दुई घन्टा हिडेपछि कर्णाली नदीको एउटा शाखा निउरीखोला भेटिन्छ । नदी किनारमै भेटिन्छ, सानो बस्ती निउरीगाट ।
स्थानीय बासिन्दाहरूको भनाइमा यो मुगु-जुम्ला आउने-जाने पुरानो बाटो हो । हवाई मार्ग नहुँदा कर्मचारी तथा सर्वसाधारण यहीबाटो भएर यात्रा गर्थे । मुगु-जुम्ला दुवै तर्फबाट सङ्गमस्थल जस्तै पर्ने भएकोले निउरीघाटमा होटल लज व्यवसाय निकै राम्रो छ । चार पाँच वटाभन्दा बढी छैनन् तर ब्यवस्थित छन् । अर्डर गरेर आफ्नो रुचि अनुसारका खानपान गर्न पाउनु हुन्छ । समय बाँकी रहे खोलाको चीसो पानीमा हुर्किएका माछाको फर्माइस गर्न सक्नु हुन्छ । उस्तै मौका पर्‍यो भने सरकारले शिकार गर्न प्रतिबन्ध लगाएका दुर्लभ जङ्गली जनावरको स्वाद चखाउन पनि बेर लगाउँदैनन् । स्थानीय पहलबाट निकालिएको पेल्टि्रक सेटको उज्यालो, नदीको कल्कलाउँदो सुमधुर सङ्गीत अनि चीसो हावाको मीठो अनुभव सँगाल्दै रात बिताउन सक्नु हुन्छ । १५-२० घर भएकोले त्यहाँको रहनसहनका बारेमा अध्ययन गर्न सक्नु हुन्छ ।
भोलिपल्ट बिहान झिसमिसेमा उठेर हिड्नु भयो भने एक घन्टा नबित्दै चिया खानका लागि काब्राको ओडार पुग्न सक्नु हुन्छ । त्यहाँका ब्यवस्थित होटलमा चियासँगै बिहानी नास्ता पाइन्छ, स्थानीय कुखुराको अन्डा, उसिनेको आलु, हिमाली सिमीको तरकारी वा अन्य केही ।
अब भने तपाईंलाई बिहानीको यात्राका लागि निकै सहज हुन्छ । बाटो उकालो छ तर त्यति कष्टकर छैन । बेलाबखत आकस्मिक रूपमा भेटिने तेसर््रो बाटोले तपाईंको थकाई कम गराइदिन्छन् । केही घन्टाको हिाडाइपछि बाक्लो मानव बस्ती भएको चौथा आइपुग्छ । चौथा निकै सुन्दर छ । खाना खानका लागि उपयुक्त पनि तर अर्डर गरेपछि मात्रै बन्छ । पैदल यात्राका पोख्तहरू त जुम्लाबाट एकै दिनमा हिाडेर बास बस्नका लागि चौथा नै आइपुग्न सक्छन्, भोलिपल्ट समय छँदै गमगढी पुग्नका लागि ।
खाना खाएर थकाइ मारेपछि तेस्रो उकालो सुरू हुन्छ, पातलो-पातलो जङ्गलको बीचबाट । छेउमा विपरित दिशा भएर बग्ने खोलाले बेला बखत तपाईंको तिर्खा मेटाउन सहयोग गर्छ । बाटोमा कामको खोजीमा कालापार -भारत) गएर फर्केका निम्न वर्गका मानिसहरू दोहरिलत्त हिडिरहेका भेटिन्छन् ।
केही घन्टा हिडेपछि भुलभुले आइपुग्छ । केही पसलहरू भएको यो ठाउँ पनि निकै रमाइलो छ । यदि जुम्लाबाट सिंजा हुँदै अघि बढ्नु भएको भए भोलि तपाईं यहि भेटिन आइपुग्नु हुन्थ्यो । त्यहाँबाट केही उकालो हिाडेपछि सुन्दर खर्क आइपुग्छ । यो घुच्चीलेकको खर्क हो । यहाँ प्रशस्त फूल फुलेको देख्न पाउनु हुन्छ । जताततै फूलैफूल देख्दा लाग्छ, धर्ती नै प्रकृतिको सुन्दर फूलवारी हो ।
खर्कमा गोठ र गोठालाहरू भेटिन्छन् । वैशाख जेठ महिनामा गोठै रित्याएर गाईवस्तु खर्कमा लैजानु यहाँको चलन हो । गोठालाहरू आ-आफ्नो छाप्रो बनाएर झण्डै एक डेढ महिना बास बस्छन् । गाईवस्तु चौरमा हुन्छन् । त्यहीा दूध दुहुने, त्यहीा दही बनाएर मोही पार्ने र घिउ निकालेर बेच्ने गर्छन् । थकाइ लागेको भए गोठालाहरूसँगै बास बस्न पनि सक्नु हुन्छ, कणर्ाली भेकका दुर्लभ देउडा भाकाको रमाइलो लिादै । स्थानीय जनजीवन, रहनसहन, संस्कृति परिवेश ओकल्ने प्रशस्तै गीत सुन्न पाइन्छ । जति सुने पनि धीत मर्दैन । त्यहाँबाट अगाडि बढेपछि घुच्चीलेकको शिर आइपुग्छ । यहाँ पनि हिउँको विस्कुन देख्न पाइन्छ । एउटा सानो होटल पनि छ ।
हो, अब हाम्रो गन्तव्य रारा राष्ट्रिय निकुन्ज सुरू हुन्छ, साथै मुगु जिल्लाको सिमाना पनि । तर यहाँ दुईटा बाटा छन् । एउटा बाटो जानु भयो भने पिना गाउँ हुँदै मुगुको सदरमुकाम गमगढी पुगिन्छ । अर्को बाटो जाँदा सोझै रारा । रारा जानका लागि त्यति उकालो ओरालो हिाड्नु पर्दैन । लगभग तेर्सोतेर्सो छ । गमगढी जान चाहिँ एक घन्टा जति टाउकै भुईमा जोतिएला जस्तो ओरालो झर्नुपर्छ ।


रारा पुगेर बास बस्न सक्नुहुन्छ, होटल छ । चुचुमारे लेकको काखमा लमतन्न सुतेको रारा, वरिपरि वनमा रहेको हरियाली, तालको किनारमा फूलेको रङ्गीविरङ्गी फूलले तपाईंको थकाइ पुरै बिर्साइदिन्छ । भोलिपल्ट बिहान आँखाभरि राराको सौन्दर्य अँटाउँदै, दुई दिनको पैदल यात्राको थकाइ मेटाउँदै डुङ्गामा सयर गर्न सक्नु हुन्छ । किनकि दिउँसो १२ बजेपछि बतास चल्न थाल्छ । डुङ्गा चलाउन सम्भव हुँदैन ।
अब तपाईं दुई घण्टा हिाडेपछि मुगुको सदरमुकाम गमगढी पुग्न सक्नु हुन्छ । बाटो सजिलो छ । यहाँबाट फर्किनका लागि चामल बोकेर गएका हेलिकोप्टर वा ताल्चा विमानस्थलमा जहाज दुबैको सुविधा छ । अथवा थप दुई चार दिन बसेर मुगु-कणर्ाली नदीको पानीलाई आफ्नै पैतालाले स्पर्श गर्न सक्नु हुन्छ । चिसो पानीको माछाको स्वाद लिन सक्नुहुन्छ । पवित्र तीर्थस्थल छायाँनाथ पनि पुग्न सक्नु हुन्छ । दुर्लभ हुन थालेको रु एकको नोटको पछाडि रहेको चुचुमारे लेक टेक्न सक्नुहुन्छ । उतैबाट से-फोक्सुन्डोको पैदल यात्रा गरेर डोल्पाबाट फर्किन पनि सक्नुहुन्छ । गमगढीबाटै र्फकनु भयो भने प्रति ब्यक्ति दश हजार रूपैयाँ भए काफी हुन्छ ।


कृष्ण अविरल










If you save the nature, it saves your life।






2 comments:

Unknown said...

beautiful sunset

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Google