Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Tuesday, November 2, 2010

वन्यजन्तु संरक्षण अभियान

लोपोन्मुख जङ्गली प्रजाति सङ्खुवासभाको वाला, सिसुवा, ताम्कु र याफुमा संरक्षण अभियान थालेको छ ।
 ओखर, लोडसल्ला, सिमल, ठस्लो ओखति र भ्याकुरजस्ता जिल्लामा पाइने लोपोन्मुख प्रजातिको संरक्षण थालिएको हो ।
द इस्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको अगुवाइमा चेतनामूलक अभियान सुरु गरिएको कार्यक्रम संयोजक विनोद गुरुङले बताउनुभयो ।
जिल्लाको वाला गाउँ विकास समितिमा ५० सिमल र तीन सय भ्याकुरखेती सुरु गरिएको छ । यो वर्षरोपिएका ओखरको सङ्ख्या २० मात्र छ । लोडसल्ला भने तीन वर्षअघिदेखि नै संरक्षण गर्न थालिएकाले त्यसको सङ्ख्या अहिले २० हजार नाघेको स्थानीयवासी बताउँछन् ।

Tuesday, October 26, 2010

बन्यजन्तुको तस्करी गर्ने पक्राउ

काठमाडौँ र देशका विभिन्न भागबाट दुर्लभ वन्यजन्तुको अवैध सङ्कलन तथा बिक्री गरेको आरोपमा स्वयम्भूबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा जिल्ला स्याब्रो निवासी पेमा तामाङ रहेका छन् । पक्राउ परेका तामाङबाट पाण्डाको तीन थान छाला समेत बरामद गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तामाङले दुर्लभ पाण्डाको छाला बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरीले पक्रेको हो ।

यसैगरी महाशाखाले अत्यन्त खोजी गरिएका व्यक्तिको सूचिमा रहेका प्रज्ज्वल ताम्राकारलाई आजै पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ परेका ताम्राकार २०६१ सालमा उज्ज्वल जोशीको हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
घटना भएको ६ वर्षसम्म काठमाडौँमा लुकिछिपी हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Tuesday, October 12, 2010

Grey-necked Bunting: latest addition to Nepal's bird list

Press Release 12 October 2010

Bird study in Nepal continues to be an exciting subject. On a recent bird watching trip to Sukla Phanta Wildlife Reserve, the far west Nepal, two young birdwatchers Anish Timsina and Dheeraj Chaudhary have recorded yet another new species of bird for Nepal. This new bird record marks up the country's total as 867 bird species.

Anish Timsina and Dheeraj Chaudhary while bird watching roughly 7 km away from Reserve headquarter Majhgaon near Pipariya found an unusual looking sparrow like bird. They photographed the bird with their digital camera and later consulted with Dr Hem Sagar Baral for identification. The bird appeared to be a new record for the country and Dr Baral tentatively identified the species as Grey-necked Bunting. This record was immediately submitted to Nepal Rare Birds Committee and now has been officially accepted as a new bird to the country.

Wednesday, August 13, 2008

देशभरका बाघको गणना गर्ने तयारी

राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए ।

यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो । 

देशभरका बाघको गणना गर्ने तयारी अन्य समाचार - आरक्षको जग्गा फँडानी गरेर बाँडफाँड - द्वन्द्वपीडित बालबालिका पढ्ने विद्यालयको अवस्था दयनीय

राष्ट्रव्यापी रूपमा बाघको गणना गर्ने तयारी भइरहेको छ । बाघको संख्या पत्ता लगाउन र बासस्थानको व्यवस्थापन गर्नका लागि पहिलोपटक राष्ट्रव्यापी रूपमा बाघको गणना गर्न लागिएको हो । देशका विभिन्न निकुञ्ज र वनमा आगामी नोभेम्बरको पहिलो साताबाट बाघको गणना गरिने तयारी भइरहेको विश्व वन्यजन्तु कोष नेपालका प्रमुख पूर्ण कुँवरले बताए । गणनाका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षणकोषबीच छलफल भइरहेको पनि उनले जानकारी दिए । 

यसअघि सन् १९९९ मा छुट्टाछुट्टै रूपमा बाघको गणना भएको थियो । वन्यजन्तु कोषका प्रमुख कुँवरका अनुसार विभिन्न निकुञ्ज र वनमा पटक-पटक गरी गरिएको गणनामा बाघको संख्या तीन सय २५ थियो । नोभेम्बरमा गरिने गणनामा क्यामरा ट्रयापिङ र ट्यागको प्रयोग गरिने तयारी भइरहेको छ । यो गणनापछि बाघको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामचन्द्र नेपालले पूर्वदेखि पश्चिमसम्म सबै निकुञ्ज, बरन्डाभार क्षेत्र र सामुदायिक वनमा पाटेबाघको गणना गरिने जानकारी दिए । पाटेबाघको पछिल्लो अवस्था र संख्या पत्ता लगाउनका लागि गणना गर्न लागिएको उनले बताए । पाटेबाघको प्रमुख बासस्थान चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलालीको वसन्तपुर वन हो । 

पछिल्लोपटक जुम्ला जिल्लामा पनि पाटेबाघ देखिएको वन्यजन्तु संरक्षण कोषले जनाएको छ । नेपालका निकुञ्ज र वनमा बासस्थान असुरक्षित भएका कारण बाघहरू भारततर्फ जाने क्रम बढेको संरक्षण कोष प्रमुख नेपालले बताए । बाघ भारततर्फ जान नदिन बासस्थान व्यवस्थित गर्न जरुरी रहेको पनि उनले औंल्याए । लोपन्मुख अवस्थामा रहेको पाटेबाघको संरक्षण र बासस्थानको सुरक्षाका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अणनाथ बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै एक सयभन्दा बढी पाटेबाघ हुनसक्ने अनुमान गरिएको छ । चितवनको सामुदायिक वनमा यस वर्षमात्रै दुई बाघ मारिएका छन् । 


If you save the nature, it saves your life.

Monday, August 4, 2008

Beautiful Bug

आहा क्या राम्रो किरो 




If you save the nature, it saves your life.

Thursday, July 31, 2008

प्रकृतिको सुन्दर धरोहर – इलाम



प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतीले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर इलामको प्रतिविम्वित सजिएको छ । यसका साथै र्सूयो‌‌दय र र्सूयास्तका अद्वितीय दृश्यहरु, हिमाली श्रृंखला तथा विश्व प्रसिद्ध कञ्चनजंघाको दृश्यावलोक श्रीअन्तु, सिद्धिथुम्का, सन्तपुर, छिन्तापु कन्याम जस्ता डाँडाहरुबाट हुन्छ ।

Saturday, July 12, 2008

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
देशकै दुर्गम मानिने कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा जाने अहिले उपयुक्त मौसम हो । स्थानीय बासिन्दाहरूका भनाईमा जेठ-असार महिनामा रारा स्वयंवरका लागि तयार युवतीजस्तै गरी सिङ्गारिएकी हुन्छिन् । तालको वरिपरि रहेको जमिनमा रङ्गीविरङ्गी फूल फुलेका हुन्छन् । बाटामा मनग्ये लालीगुराँस देख्दा लाग्छ, रारा आगमनका लागि प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ ।

Wednesday, July 9, 2008

चितवनका २८ हात्तीमा क्षयरोग

क्षयरोग लागेका चितवनका नौवटा हात्तीको उपचार सुरु भएको छ । चितवनमा निकुञ्ज र निजी गरी २८ हात्तीलाई क्षयरोग भएको छ ।

पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।

क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।

२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।

यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।

निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।

चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।

गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।

क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)

If you save the nature, it saves your life.

किन घट्दैछन दुर्लभ बाघ ?

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बर्सेनी बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बर्सेनी घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्नेजिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाईआर्श्चर्यमानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरू धेरै चिन्तित देखिदैनन्, नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्नउनीहरू आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू बाघ घट्नुको कारण पहिचान गर्नपट्टी ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरूको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालेको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरू फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ मा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षो अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । भने २००१।०२ मा १७ वटा, २००२।०३ मा १८ वटा, २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरूमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ पूर्ण रूपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरू कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन्, 'बाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरू छिट्टै पूर्ण रूपले लोप भएर जाने देखिन्छ ।' नेपालमा बाघहरू शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । गणनाले प्रस्टरूपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बर्सेनी बाघको गणना गर्दैआएको भएता पनि अन्य दुइ आरक्ष क्षेत्रमा विगत आठ वर्षेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरूले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ मा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरूपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्ताको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गौरी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरूहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं. २०२९ सालमा वन विभाग अर्न्तर्गत शाखाको रूपमा स्थापना भईराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको कार्यप्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रूपमा काम गर्दैआइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भूदृष्यहरूको संरक्षण सर्म्वर्द्धन तथा व्यवस्थापन गर्नेउद्देश्यले स्थापना गरिएको विभागअर्न्तर्गत हाल नौवटा राष्ट्रिय निकुञ्ज, तीनवटा वन्यजन्तु आरक्ष, तीनवटा संरक्षण क्षेत्र, तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्तिक्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष सञ्चालन गर्न सयौ कर्मचारी कार्यरत छन्र उनीहरूले वाषिर्क करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि शुन्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्नउनीहरू प्र्ूण्ारुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अर्न्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सर्म्वर्द्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बर्सेनी ह्वात्तै घट्दै जान थालेपछि तिनीहरूको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न पूर्ण रुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरू सक्रिय विशेष गरि वेला वखत पक्राउ पर्नेबाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरूको ठूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सक्रिय छ । तस्करहरूले विभिन्न सम्बन्धसुत्रहरू राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरूलाईनिस्तेज गर्नेकार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दाविगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरूपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरूको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक पूर्व महानिर्देशक भन्छन् ' एक दुइजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरू विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुइतीन जना मन्त्रीहरू इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे , भ्रष्टाचारमा लिप्त हुन पुगे । 'विगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरूको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुइजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाईविश्वास गर्नेहो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरूमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्नेतस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरूको मिलीमतोमा नेपाली तस्करहरूले तस्करीलाईव्यापक पार्नेगरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरू बाघको खोजी गर्दैनेपाल आउने गरेका छन्र उनीहरूकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरूपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सर्म्बर्द्धनकालागि आ- आफ्नो तर्फाट सक्दो सहयोग गर्नेप्रतिबद्धता जनाएर सोही मुताविकको कार्यगर्नु पर्छ । पदको दुरुपयोग गर्दैवन विनास गर्नेतस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाईबदल्नै पर्नेभएको छ । सेना जस्तो महत्त्वप्र्ूण्ार सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन्भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नर्ुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दोकुरा हो । यस प्रति आप\mूलाईगौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, चितुवा, गौरीगाईमार्नेघाइते बनाउने खरिद गर्नेबिक्री गर्नेवा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्नर्ेलाई५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षेखि १५ वर्षम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरू प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी पूर्वक गर्नेहो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।

(राजधानीबाट)


If you save the nature, it saves your life।

Google