Let's save the Nature not for us, but for our coming generation.

प्रकृतिको संरक्षण हाम्रो आफ्नो लागि हैन भावी पुस्ताको लागि गरौं ।

Thursday, July 31, 2008

प्रकृतिको सुन्दर धरोहर – इलाम



प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतीले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर इलामको प्रतिविम्वित सजिएको छ । यसका साथै र्सूयो‌‌दय र र्सूयास्तका अद्वितीय दृश्यहरु, हिमाली श्रृंखला तथा विश्व प्रसिद्ध कञ्चनजंघाको दृश्यावलोक श्रीअन्तु, सिद्धिथुम्का, सन्तपुर, छिन्तापु कन्याम जस्ता डाँडाहरुबाट हुन्छ ।

Saturday, July 12, 2008

रारा जाने कि ?

रारा लेक र राराताल टेक्ने रहर धेरै नेपालीहरूसँग हुनसक्छ । संसारका सुन्दरतम प्राकृतिक स्थलहरूमध्येमा पर्ने रारा पुग्ने सपना साँच्नु अस्वाभाविक पनि होइन । तर कसरी जाने ? कहिले जादा उपयुक्त हुन्छ ? कति दिन लाग्छ ? कति खर्चको जोहो गरे पुग्छ ? जस्ता कुराको जानकारी नपाएर हामीमध्ये धेरै अलमलिएका हुन सक्छौ ।
देशकै दुर्गम मानिने कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा जाने अहिले उपयुक्त मौसम हो । स्थानीय बासिन्दाहरूका भनाईमा जेठ-असार महिनामा रारा स्वयंवरका लागि तयार युवतीजस्तै गरी सिङ्गारिएकी हुन्छिन् । तालको वरिपरि रहेको जमिनमा रङ्गीविरङ्गी फूल फुलेका हुन्छन् । बाटामा मनग्ये लालीगुराँस देख्दा लाग्छ, रारा आगमनका लागि प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ ।

Wednesday, July 9, 2008

चितवनका २८ हात्तीमा क्षयरोग

क्षयरोग लागेका चितवनका नौवटा हात्तीको उपचार सुरु भएको छ । चितवनमा निकुञ्ज र निजी गरी २८ हात्तीलाई क्षयरोग भएको छ ।

पहिलो चरणमा निकुञ्जभित्रका निजी होटलले आफ्नै खर्चमा क्षयरोगको उपचार थालेका हुन् । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती होटल तथा लजका ९ वटा हात्तीलाई क्षयरोगको औषधि सेवन गराउन थालिएको छ ।

क्षयरोगका कारण धमाधम हात्ती मर्न थालेपछि ती होटलले भारतबाट औषधि किनेर ल्याएका हुन् । ३ महिनाअघि क्षयरोगका कारण यस वर्षो अन्तर्राष्ट्रिय हात्ती दौड च्याम्पियन जंगबहादुरको मृत्यु भएको थियो । नेपालबाहेकका देशमा उपलब्ध क्षयरोगको औषधिलाई २ देखि ३ लाखसम्म पर्ने गरेको छ ।

२८ वटा हात्तीलाई क्षयरोग 'इन्फेक्सन' छ भन्ने पुष्टि भइसकेको छ,' गैरेले भने- 'ढिलै भए पनि उपचार सुरु भएको छ ।' निकुञ्जभित्र टाइगरटप, गैंडा क्याम्प, टेन्ट क्याम्प, मचान, थारू भिलेज लगायत ७ वटा होटल रहेका छन् । तिनीहरूले पर्यटक सवारका लागि हात्ती पालेका छन् ।

यसअघि क्षयरोग ग्रसित हात्तीबाट निकुञ्जका पशुपन्छी प्रभावित हुने खतरा रहेको थियो । उपचार थालिएका होटल निकुञ्जभित्रै रहेका कारण तीन हात्ती बढी संवेदनशील मानिएका थिए । हाल अन्य पशुपन्छीलाई क्षयरोग र्सन नदिन ग्रसित हात्तीलाई निकुञ्जको अमृते भन्ने ठाउ“मा अलग्गै राखिएको छ । त्यहा“प्रकृति संरक्षण कोषका ३ र होटलका ९ हात्तीलाई निगरानीमा राखिएको छ ।

निकुञ्जका क्षयरोगी हात्तीलाई भने मुख्यालय रहेको कसरामा राखिएको छ । त्यहा“निकुञ्जका ७ हात्ती रहेका छन् । तीमध्ये प्रेरणाकलीले भर्खरै छावा जन्माएकी छ । निकुञ्ज बाहिर निजी हात्ती पालेका व्यवसायीले क्षयरोगी हात्ती अलग्गै राख्न मानेका छैनन् । निकुञ्ज बाहिर पर्यटकीय क्षेत्र सौराहामा मात्रै ८ हात्ती क्षयरोगी छन । बाहिरका होटलले उपचार प्रक्रिया नथालेका कारण संरक्षणकर्ता चिन्तित छन् ।

चिकित्सक गैरेका अनुसार चाँडै निकुञ्जका रोगी हात्तीको पनि उपचार सुरु गरिनेछ । 'हामी अहिले औषधिको प्रतीक्षा गरिरहेका छौं,' उनले भने- 'औषधि प्राप्त हुने बित्तिकै उपचार थालिन्छ ।' अमेरिकी संस्था 'इलिफेन्ट केयर इन्टरनेसनल' ले निकुञ्जलाई औषधि सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।

गत वर्ष निकुञ्ज र आसपासका १ सय २५ हात्तीको रगत जाँच गरिएकोमा २५ वटामा क्षयरोगको असर देखिएको थियो । तीमध्ये १० मा रोग पाइएको थियो । यस वर्ष २ वटा रोगी हात्ती थपिएका छन् भने केही हात्तीको उपचार अभावमा मृत्यु भइसकेको छ ।

क्षयरोगी हात्तीको उपचारका लागि गत वर्ष दुइवटा कार्यदल गठन भएका थिए । जिल्ला र केन्द्रीय स्तरमा हात्तीको उचार र रेखदेखका लागि कार्यदल गठन गरिएको थियो । स्थानीय कार्यदलमा निकुञ्ज, होटल एसोसिएसन, प्रकृति संरक्षण कोष र पशु विज्ञान अध्यन संस्थान रहेका छन् । केन्द्रमा राष्ट्रिय निकुञ्ज विभाग, केन्द्रीय पशु प्रयोगशाला, केयर इन्टरनेसनल र एक अमेरिकी विश्वविद्यालय रहेका छन् ।
(कान्तिपुरबाट)

If you save the nature, it saves your life.

किन घट्दैछन दुर्लभ बाघ ?

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बर्सेनी बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बर्सेनी घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्नेजिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाईआर्श्चर्यमानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरू धेरै चिन्तित देखिदैनन्, नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्नउनीहरू आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरू बाघ घट्नुको कारण पहिचान गर्नपट्टी ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरूको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालेको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरू फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ मा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षो अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । भने २००१।०२ मा १७ वटा, २००२।०३ मा १८ वटा, २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरूमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ पूर्ण रूपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरू कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन्, 'बाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरू छिट्टै पूर्ण रूपले लोप भएर जाने देखिन्छ ।' नेपालमा बाघहरू शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । गणनाले प्रस्टरूपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बर्सेनी बाघको गणना गर्दैआएको भएता पनि अन्य दुइ आरक्ष क्षेत्रमा विगत आठ वर्षेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरूले चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ मा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरूपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्ताको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गौरी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरूहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं. २०२९ सालमा वन विभाग अर्न्तर्गत शाखाको रूपमा स्थापना भईराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको कार्यप्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रूपमा काम गर्दैआइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भूदृष्यहरूको संरक्षण सर्म्वर्द्धन तथा व्यवस्थापन गर्नेउद्देश्यले स्थापना गरिएको विभागअर्न्तर्गत हाल नौवटा राष्ट्रिय निकुञ्ज, तीनवटा वन्यजन्तु आरक्ष, तीनवटा संरक्षण क्षेत्र, तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्तिक्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष सञ्चालन गर्न सयौ कर्मचारी कार्यरत छन्र उनीहरूले वाषिर्क करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि शुन्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्नउनीहरू प्र्ूण्ारुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अर्न्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सर्म्वर्द्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बर्सेनी ह्वात्तै घट्दै जान थालेपछि तिनीहरूको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न पूर्ण रुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरू सक्रिय विशेष गरि वेला वखत पक्राउ पर्नेबाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरूको ठूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सक्रिय छ । तस्करहरूले विभिन्न सम्बन्धसुत्रहरू राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरूलाईनिस्तेज गर्नेकार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दाविगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरूपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरूको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक पूर्व महानिर्देशक भन्छन् ' एक दुइजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरू विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुइतीन जना मन्त्रीहरू इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे , भ्रष्टाचारमा लिप्त हुन पुगे । 'विगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरूको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुइजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाईविश्वास गर्नेहो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरूमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्नेतस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरूको मिलीमतोमा नेपाली तस्करहरूले तस्करीलाईव्यापक पार्नेगरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरू बाघको खोजी गर्दैनेपाल आउने गरेका छन्र उनीहरूकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरूपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सर्म्बर्द्धनकालागि आ- आफ्नो तर्फाट सक्दो सहयोग गर्नेप्रतिबद्धता जनाएर सोही मुताविकको कार्यगर्नु पर्छ । पदको दुरुपयोग गर्दैवन विनास गर्नेतस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाईबदल्नै पर्नेभएको छ । सेना जस्तो महत्त्वप्र्ूण्ार सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन्भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नर्ुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दोकुरा हो । यस प्रति आप\mूलाईगौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, चितुवा, गौरीगाईमार्नेघाइते बनाउने खरिद गर्नेबिक्री गर्नेवा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्नर्ेलाई५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षेखि १५ वर्षम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरू प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी पूर्वक गर्नेहो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।

(राजधानीबाट)


If you save the nature, it saves your life।

Monday, July 7, 2008

नेपालमा तीन सयभन्दा बढी गौरीगाई

काठमाडौं, २२ असार : नेपालमा गौरीगाईको संख्या उल्लेख्य देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको अध्ययनले गौरीगाईको संख्या उल्लेख्य देखाएको हो। पर्सा बन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै गौरीगाई पाइन्छ। पछिल्लो अध्ययनअनुसार हाल नेपालमा तीन सय ३३ गौरीगाई छन्। तीमध्ये ६७ वटा भाले र एक सय २६ पोथी छन्। लिंग नखुलेका गौरीगाईको संख्या ७४ छ भने बाँकी ६६ बाच्छाबाच्छी छन्। 'यो संख्यालाई उल्लेख्य मान्न सकिन्छ', विभागका योजनाअधिकृत नरेन्द्र प्रधानले अन्नपूर्ण पोष्टसँग भने। विभागले गौरीगाईको गणना गरेको यो पहिलो हो। अन्य बन्यजन्तुको जस्तो चोरी सिकारीको निसानामा गौरीगार्ई नपर्ने भएकाले पनि यिनीहरूको संख्या बढेको विज्ञको तर्क छ। गौरीगाई विश्‍वमा संकटापन्न अवस्थामा पुगेको बन्यजन्तु हो। दुलर्भ बन्य जन्तु तथा बनस्पतिसम्बन्धी अन्तराष्ट्रिय महासन्धी(साइटिस) को अनुसूची १ मा सूचीकृत यसलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले पनि संरक्षित बन्यजन्तुको सूचीमा राखेको छ। नेपालबाहेक भारत, बंगलादेश, भुटान, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम र मलेसियामा गौरीगाई पाइन्छ। भारतमा सबैभन्दा धेरै साढे २३ हजार गौरीगाई छन्। नेपालमा पर्सा बन्यजन्तु आरक्षमा ३७ वटा गौरीगाई फेलापरेका छन्। त्यस्तै चितवन राष्ट्रिय निकुञ्जमा दुई सय ९६ वटा गौरीगाई छन्। पछिल्लो समयमा गौरीगाईको बासस्थानमा मानवीय अतिक्रमण बढेका कारण नेपालमा पनि यिनीहरू असुरक्षित बन्दै गएका छन्। यिनीहरू नेपालको चुरेपहाडदेखि तराईको क्षेत्रमा बसोबास गर्छन्। तराईमा पानी बढ्दै गएपछि चुरे उक्लने र अन्य बेला यिनीहरू तराई झर्ने गर्छन्। पर्सा र चितवनबाहेक उदयपुरको त्रियुगा नदीआसपासका क्षेत्रमा पनि यो गाई पाइने अनुमान विज्ञको छ।
गौरीगाईको सँुघ्ने र सुन्ने क्षमता असाध्यै बढी हुन्छ। यिनीहरू समूहमा बस्न रूचाउँछन्। यी गाईले नौ महिनामा बाच्छा जन्माउँछन्।

If you save the nature, it saves your life।


Tuesday, July 1, 2008

पाटेवाघ र गोहीको संख्या घट्यो

क्षेत्रफल र बासस्थानका आधारमा विश्वकै सबैभन्दा उत्तम मानिएको शुक्लाफा“टा वन्यजन्तु आरक्षमा बाघको संख्या अप्रत्यासित रूपमा घटेको छ ।
यसबाट छिमेकी मुलुक भारतका संरक्षित क्षेत्रमा बाघ सिकार गरिसकेका सिकारी नेपाल छिरेका छन् कि भन्ने आशंका संरक्षणकर्तामा उब्जिएको छ । त्यसो त पछिल्लो पटक गणना गरिएका अन्य दुर्लभ वन्यजन्तु गैंडा, गोही र गौरीगाईको संख्या पनि ओरालो लागिरहेको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंगलबार र्सार्वजनिक गरेको शुक्लाफा“टा वन्यजन्तु आरक्षको -बाघको तेस्रो ठूलो बासस्थान) बाघ गणना प्रतिवेदनले संख्या अप्रत्यासित रूपमा स्वात्तै घटनुमा 'सिकार' प्रमुख कारण भएको जनाएको छ ।

तथ्यांकबाट आरक्षमा ६ देखि १४ वटा मात्र बाघ देखिएको छ जबकि दुइ वर्षघिसम्म १० देखि १७ को अनुमान थियो । गणनामा सहभागी प्राविधिकका अनुसार क्यामेरा ट्रयापिङबाट पाँचवटा बाघको तस्बिर मात्र प्राप्त भएको छ । त्यसलाई प्राविधिक रूपमा विश्लेषण गर्दा बच्चा, वयस्क र बूढा गरी बढीमा १४ वटा हुनसक्ने अनुमान गरिएको हो ।



आरक्षको आठवटा ब्लकमा एक सय १२ वटा डिजिटल क्यामेराबाट ८२ दिनसम्म प्रयोग गर्दा बाघको तस्बिर पा“चवटा मात्र प्राप्त भएको

छ । सन् २००४/०५ र ०५/०६ को ट्रयापिङबाट क्रमशः १७ र ९ वटा तस्बिर प्राप्त भएको थियो जबकि यस अवधिमा अहिलेको भन्दा निकै कम समयसम्म क्यामेरा प्रयोग भएका थिए ।

'भारतका संरक्षित क्षेत्रमा सक्रिय सिकारी त्यहा“का बाघ सकिएपछि नेपाल छिरेको अनुमान छ,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. अन्नपर्ूण्ानन्द दासले पत्रकार सम्मेलनमा भने- 'यो एकदमै संवेदनशील अवस्था हो ।'

गणना जनवरीदेखि अप्रिलबीचमा गरिएकाले थप सिकार भएको हुनसक्ने उनले अनुमान गरे । पछिल्लो पटक आरक्ष मध्यभागबाट बाघका हड्डीसहित सिकारी पक्राउ परेका थिए । हतियारको सहज उपलब्धता, संरक्षण कर्मचारीको अभाव, द्वन्द्वका बेला केन्द्रीकृत चौकीहरू पुनःस्थापन नहुनुलगायत समस्याले गर्दा बाघको सिकार बढेको दासले जानकारी दिए ।



If you save the nature, it saves your life.

Thursday, June 26, 2008

हात्तीको लिँड (विष्टा) पनि बन्यो आम्दानीको स्रोत

सहरका बस्ती र सडक वरपर फ्याँकिएको हात्तीको लिँडबाट गडयौले मल बनाउन थालेपछि चितवन सौराहावासीले वातावरणीय स्वच्छतासँगै आयआर्जनको बलियो विकल्प पहिल्याएका छन् ।

कुनै प्रयोजनमा नआउने हात्तीको लिँडलाई पहिले बाल्ने र नदी किनारामा लगेर थुपार्ने गरिन्थ्यो । त्यसरी लिँडलाई बाल्दा कार्बनडाइअक्साइडको उत्सर्जन हुने र थुपार्दा पनि मिथेन ग्याँस निस्की वातावरण प्रदूषणको समस्या आउँथ्यो तर अब यसबाट मल बनाउन थालेपछि सहरको सुन्दरता बढेकोमा स्थानीयवासी हषिर्त भएका छन् ।

हात्तीको लिँडलाई सङ्कलन गरेर त्यसमा विशेष किसिमको गड्यौला पालनबाट जैविक मल उत्पादन गर्ने ज्ञानको विकास भएपछि वातावरणीय सरसफाइसँगै सौराहाका महिलालाई आम्दानीको भरपर्दो माध्यम बनेको छ । हाल उनीहरूले दैनिक एक टन मल उत्पादन गरेका छन् र सो मल प्रतिकेजी रु. १२।- देखि १८।- मा बिक्री हुने गरेको छ ।

हात्तीको लिँडलाई गोठेमल बनाउँदा करिब ९ महिना लाग्ने गर्दछ तर त्यसमा गडयौला राखेमा करिब ५० दिनमा मल तयार हुन्छ । त्यस्तो मल कुखुरा, माछा, हाँसको आहारामा प्रयोग गर्नुको साथै अन्नबाली, फलफूल, तरकारीका लागि निकै उपयोगी हुने अनुसन्धानबाट पुष्टि भएको छ । हात्तीको लिँडबाट तयार भएको मल तुरुन्त बिक्री हुने गरेको स्थानीय सरस्वती कडायत बताउनुहुन्छ ।

पहिलेजस्तो घरबाट निस्कँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था अब छैन, हात्तीले लिँड निकाल्नेबित्तिकै सङ्कलन गरिन्छ, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढु्ङ्गाना भन्नुहुन्छ- \'अब यो फोहोर रहेन, पैसाको रूपमा लिन थालिएको छ । यसको उचित व्यवस्थापनतर्फ स्वयम सौराहावासी जागरुक भएका छन् ।\'

विश्व वन्यजन्तु कोषको तथ्याङ्कअनुसार सन् २००३ मा नेपालमा १७४ वटा गैँडा रहेकोमा अधिकांश सङ्ख्या चितवनमा नै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज वरिपरि करिब १३५ हात्ती रहेका छन् । जसमध्ये झन्डै सयको सङ्ख्यामा सौराहा क्षेत्रमा मात्र रहेको पाइँन्छ ।

सन् २००४ मा सदर चिडियाखाना जावलाखेलमा गरिएको अनुसन्धानअनुसार एउटा वयस्क घरपालुवा हात्तीले दैनिक १०० देखि १३० केजी लिँड उत्पादन गर्दछ ।

यसरी दैनिक उत्पादन हुने हजारौँ केजी लिँडले पर्यटकीय नगरी सौराहाको सुन्दरतामा केही वर्षअघिसम्म नकारात्मक प्रभाव पारेको थियो । पर्यटन प्रवर्द्धनमा हात्तीको महत्वपूर्ण भूमिका रहेपनि त्यसबाट निस्कने लिँडको उचित व्यवस्थापन नहुँदा वतावरण र सरसफाइमा चुनौती थपिएको थियो । यसले गर्दा यहाँ आउने पर्यटकको सङ्ख्यामा ह्रास आएको होटेल व्यवसायीहरू बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्र्तगत विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा विषादी निरीक्षण नेपाल नामक संस्थाले स्थानीय विभिन्न सङ्घसस्थाहरूको समन्वयमा हात्तीको लिँडबाट गडयौले मल उत्पादन गरी समुदायको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागु गरिएको छ ।

तीन महिनाको अवधिमा सडक वरपरमात्र सङ्कलन गरिएको हात्तीको लिँडबाट करिब १० टन गुणस्तरीय मल तयार गरिएको स्थानीय ईश्वरीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

लिँड सङ्कलन गरी मल उत्पादन गर्न सुरु गरेपछि सहरको वातावरण सफा र स्वच्छ भएको र यसले पर्यटकमा सकारात्मक प्रभाव परेको हात्ती एसोसिएसनका अध्यक्ष हरिभक्त श्रेष्ठको कथन छ । सौराहा क्षेत्रमा झन्डै सयवटा साना ठूला होटल रहेका छन् र तीमध्ये ठूला होटलहरूले पर्यटकीय सुविधा र आकर्षणका लागि हात्ती पाल्ने गरेका छन् ।

हात्तीको लिँडबाट गुणस्तरीय मलको उत्पादन हुने र त्यसलाई बिक्री गरेर स्थानीय महिलाको आयआर्जनमा वृद्धि आउन थालेपछि स्थानीयवासीमा यसप्रतिको आकर्षण बढ्न थालेको बताउँदै प्रा.डा. आनन्दशोभा ताम्राकार भन्नुहुन्छ- \'आगामी दिनमा यसको व्यावसायिक उत्पादनमा जोड दिनेछौँ र यसका लागि निकुञ्जभित्र रहेको जङ्गली हात्तीको पनि लिँड सङ्कलन गरिनेछ ।\' 

हाल सौराहा क्षेत्रमा एउटा मात्र गडयौले मल कम्पोष्टिङ केन्द्र रहेकोमा छिट्टै थप दुईवटा केन्द्रको स्थापना गर्ने उहाँले बताउनुभयो ।

पृथ्वीमा पाइने ठूलो आकारको यस जनावर चोरी निकासीको कारण विस्तारै लोप हुन थालेको छ । साइटिस महासन्धिले जोखिमको अवस्थामा रहेको भन्दै यस जनावरलाई अनुसूची-१ मा राखेको छ भने राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ मा पनि हात्तीलाई संरक्षित जनावरको रूपमा लिइएको छ।

बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा पनि हात्तीको लिँडको व्यवस्थापन गरी गडयौले मल बनाउन सकिने र त्यसबाट स्थानीय जनताको आयस्तरमा सुधार आउने देखिन्छ । हात्तीलाई सोख वा व्यावसायको रूपमा मात्र नभई यसले निकाल्ने लिँडबाट मल पनि तयार गर्न सकिने भएपछि हात्तीपालनतर्फ आकर्षण बढ्न गई यसको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।

हात्तीको लिँडको व्यवस्थापनबाट पर्यटकको आकर्षण बढाउन मात्र नभई हरित गृह ग्याँसको उत्सर्जन र रासायनिक मलको उपयोगलाई कम गरेबापत जलवायु परिवर्तनमा पर्ने असरलाई कम गर्ने हुँदा यसले वातावरण सन्तुलनमा पुर्ћयाएको योगदानलाई अध्ययन गरी स्वच्छ विकास संयन्त्रमार्फत कार्बन बिक्री गर्न सकिने सम्भावना रहेको छ ।

If you save the nature, it saves your life.

Sunday, June 22, 2008

कसरा नौलो पर्यटकीय आकर्षण

 
घडीयाल गोही संरक्षण, कछुवा संरक्षणसँगै बनेको गिद्ध प्रजनन केन्द्रका कारण निकुञ्जको कसरा पर्यटकको आकर्षण बनेको छ। अझै सोही ठाउँनजिकै रहेकी नारायणी नामकी बघिनीका कारण यस क्षेत्रमा अवलोकन गर्न धेरैले रूचाउने गरेका छन्। दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको कारण विश्‍वमा प्रख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै कसरामा बनाइएको घडीयाल संरक्षण कार्यक्रम र प्रजनन केन्द्र पर्यटकको आकर्षण थियो नै सोही केन्द्र नजिकै बनाइएको कछुवा र गिद्धको संरक्षण केन्द्रले त यसमा सुनमा सुगन्ध थपिदिए जस्तै बनेको छ। २०३५ सालमा तत्कालीन सरकार र फ्रयाङ् फर्ट जुलोजिकल सोसाइटीको संयुक्त प्रयासमा घडीयाल संरक्षण केन्द्र खोलिएको हो। सफल मानिएको यो केन्द्र अनुवंशिक कोश (जिन बैंक) को रूपमा रहेकोले पनि यस क्षेत्रमा अध्ययन अनुसन्धानकर्ताहरूको लागि आकर्षण मानिएको छ। गोहीलाई सिमसार परिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिन्छ। एसियाका पाँच मुख्य नदी पाकिस्तानको सिन्धु, भारतको गंगा र यसका नेपाल र भारतका शाखा नदीहरू, भारतको महानदी, भुटान बंगलादेशमा पर्ने ब्रहमपुत्र, बर्माको कालादान, नेपालका कणार्ली, महाकाली, नारायणी, कालीगण्डकी, सप्तकोसी र बबईमा घडीयाल गोही पाइने विज्ञहरू बताउँछन्। स्तनधारी जनावरले भन्दा कम खाना खाने घडीयाल गोहीको मुख्य आहारा भनेको माछा हो। प्राकृतिक बासस्थानबाट गोहीका अन्डा खोजी गरी ल्याएर हुर्काइएका वयस्क गोहीलाई नारायणी, राप्ती नदीदेखि पूर्वमा कोसी, बागमतीदेखि पश्‍िचममा कणार्ली, राप्ती, भेरी, बबईसम्म लगेर छोड्ने गरिएको छ। निकुञ्ज स्रोतका अनुसार प्रजनन केन्द्र स्थापनापछि झन्डै सात सय घडीयाललाई प्राकृतिक बासस्थानमा लगेर छोडी सकिएको छ भने केन्द्रमा झन्डै चार सय गोही रहेका छन्। नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने घडीयाल गोहीको संरक्षणका लागि सन् १९७८ मा स्थापना गरिएको घडीयाल प्रजजन केन्द्रले १९८६ देखि नदीको प्राकृतिक बासस्थानमा गोही छोड्ने गरेको हो। निकुञ्जको कसरामा रहेको घडीयाल प्रजनन केन्द्र गोहीको प्रजनन र संरक्षणका लागि मात्र नभएर पर्यटकहरूका लागि एक आकर्षण केन्द्रका साथै अनुसन्धानकर्ता र विधार्थीका लागि पाठशालाजस्तै बनेको छ। यस केन्द्रमा अवलोकनका लागि आउने नेपाली पर्यटकलाई कुनै शुल्क नलाग्ने भए पनि विदेशी पर्यटकका लागि भने प्रतिव्यक्ति एक सय रूपैयाँ लाग्दछ। घडीयाल संरक्षण केन्द्रसँगै राखिएको हुँदा कछुवाको अवलोकनमा कुनै शुल्क लिने गरिएको छैन। भर्खरैमात्र राखिएको र बढी संवेदनशील पक्षी भएका कारण गिद्ध प्रजनन केन्द्रको अवलोकनको लागि न त कुनै शुल्क तोकिएको छ न त औपचारिक रूपमा अवलोकन नै खुला गरिएको छ।  


If you save the nature, it saves your life.

Sunday, May 25, 2008

पाटेबाघको संख्या घट्यो



शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघको संख्या घटेको छ । आरक्षमा दुई वर्षयता आधा संख्यामा मात्र बाघ भेटिएका छन् । शुक्लाफाँटा आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्य संघ/संस्थाको संयुक्त टोलीले गरेको 'क्यामेरा ट्यापिङ'मा १४ वटा बाघ कम भेटिएका छन् । दुई वर्षअघिको क्यामेरा ट्यापिङपछि आरक्षमा २६ वटा बाघ रहेको सार्वजनिक गरिएको थियो ।

यसपटक भने १२ वटा बाघ मात्रै देखिएको क्यामेरा ट्यापिङका सहभागीले बताएका छन् । ती सबै वयस्क बाघ हुन् । 'यो अत्यधिक कम संख्या हो,' एक सहभागीले भने । यसपटकको क्यामेरा ट्यापिङमा दुई पोथी र दस भाले बाघ भेटिएका हुन् । आरक्षले भने बाघको संख्या घटेको सम्बन्धमा कुनै जानकारी दिएको छैन । क्यामरा ट्यापिङ गरेको दुई महिना बितेको छ । बाघको संख्या कम देखिएकाले तथ्यांक सार्वजनिक नगरिएको आरक्ष स्रोतले जनाएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत गोपालप्रसाद उपाध्यायले भने बाघका विषयमा अहिले केही भन्न नमिल्ने बताए । उनले ट्यापिङको काम सकिए पनि रिपोर्ट नबनेको प्रतिक्रिया दिए । 'यो संवेदनशील विषय हो, त्यत्तिकै भन्न मिल्दैन्,' बाघको संख्या घटे/बढेको जानकारी नपाएको दाबी गर्दै उपाध्यायले भने, 'रिपोर्ट बन्नेबित्तिकै बाहिर आइहाल्छ ।' भित्री रूपमा क्यामरा ट्यापिङको प्रतिवेदन विभागमा पठाइसकिएको छ । प्रतिवेदनमा आरक्षमा देखिएका भन्दा बढी बाघको संख्या बनाएर विभागमा पठाएको स्रोतको दाबी छ । गतपुसको पहिलो साताबाट सुरु गरिएको क्यामेरा ट्यापिङ तीन महिना चलेको थियो । फागुनसम्म चलेको ट्यापिङमा १२ वटा बाघ मात्रै देखिएका थिए । कम संख्या भएकाले चैतमा पनि ट्यापिङ गरिएको थियो । दोस्रोपटक पनि त्यत्ति नै बाघ देखिएपछि ट्यापिङ सकिएको हो ।

नेपालमा सिधै बाघ गणना गर्ने प्रविधि छैन । क्यामरा ट्यापिङबाटै बाघको संख्या गणना गरिन्छ । बाघको 'करिडोर'मा राखिएको क्यामराले विभिन्न 'एङ्गल' मा लिएका फोटाहरू जुधाएर गणना गरिन्छ । यसपटक दसवटा क्यामरा प्रयोग गरिएका थिए । ट्यापिङमा एक दर्जनभन्दा बढी कर्मचारी संलग्न थिए । यसअघि ०६३ सालमा क्यामेरा ट्यापिङ गरिएको थियो । त्यसबेला २६ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । डमरु -बाघका बच्चा) लाई भने गणना गरिएको थिएन । गणनामा संलग्नहरूले आरक्षमा बाघको चोरीसिकार बढेकाले संख्या घटेको हुनसक्ने अनुमान गरेका छन् । आरक्ष चारैतिरबाट अतिक्रमण गरिएकाले पनि बाघ अन्यत्र गएको आशंका गरिएको छ ।
-------
If you save the nature, it saves your life.

Saturday, May 24, 2008

Some Important Animals in Chitwan National Park

      




GREAT ONE HORNED RHINOCEROS (Rhinoceros Unicornis)









This is the largest of the three species of Asiatic rhinoceri.
Approximately 1,200 are left in the Indian Sub-continent and this constitutes
the wor
ld population of the species.
 There are about 425 in the National Park and
surrounding area. Folds in the thick skin give it's armory look while the
closely matted mass of
horny fibers issuing from the skin provides the rhino
with a horn. The horn grows throughout it's life and if lost, is reproduced.
Habitat destruction and heavy poaching of this anim
al
for its horn, believed by
the Chinese to be a potent aphrodisiac, have been
largely responsible for the decline in population during recent decades.
Gestation period is of sixteen months with the young weighing around 60
kilogram at birth. In September 1994, the staff of Safari Narayani Lodge was
able to rescue a 3 month old baby rhino that had been separated from it's
mother and partially mauled by a tiger. The Park Authorities have taken it
under it's care.




 




 




 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -




 








 






GAUR ( gaurus)

This is the largest of the world's wild oxen. A bull may stand over six feet tall at the shoulder and weigh more than a ton. The Gaur keeps to the densely forested Churia hills, coming down to the lower slopes during the dry months of February to April, in search of water and greener pastures. Found in small herds, it is very shy.

During these dry months, we arrange special excursions to the grazing grounds of the Gaur. Should you find yourself at Safari Narayani Lodge during this time, talk to the Program Manager to make arrangements.







 
 
- - - - - - - - - - - - - - - - - - - - - -
- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
- - - - -





 





 










 





 






SPOTTED DEER / CHITAL (axis axis)

Perhaps the most graceful and most beautiful of all deer. It is easily identifiable by the white spots on its brown coat. The stags have long antlers with three tines. This is the only large mammal in the Park which is found in large herds. They preferopen
forest and marginal lands between grassland and forests. They are the most
common deer in the Park. The peak of the mating season is in late spring. Young
are born after 8 months.






 






- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
- - - - - - - - - -






 






 






HOG DEER (axis porcinus)






 






Related to the spotted deer but smaller and far less graceful. The name is
derived from its squat appearance and habit of running with the head down
instead of bounding like other deer. .Sometimes found in groups and preferring
the grassland margins of the rivers, they are wary animals with acute sense of
sight, smell and hearing. The gestation period is eight months.






 






- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 










SAMBAR (cervus unicolor)






 






This is the largest of the deer family in the sub-continent. A large stag may
scale 600 to 700 pounds. It has a shaggy brown coat and the stags possess thick
antlers with full points being reached in the fourth year. Forested hillsides
are their preferred habitat and a diet of grass, leaves and wild fruits. Power
of sight is moderate but that of smell & hearing is acute. Rarely found
associating in large numbers, Stags leave the hinds after the mating season in
the fall to lead a solitary life.






 






 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 






 







BARKING DEER (muntiacus muntjak)







 







This reddish coloured deer seen singularly or in pairs is the smallest of the four kinds of deer found in the Park. Prefers densely forested hills but is sometimes found in the lowlands. The antlers are small consisting of a short brow-tine and an unbranched
beam. The name is derived from its alarm call, which sounds rather like a hoarse
dog's bark. 






 






 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 







SLOTH BEAR (melursus ursinus)






 






 This shaggy black bear with an elongated muzzle and short hind legs is rather uncouth in appearance. Despite its name the Sloth bear can be very agile on its feet, and may weigh 300 pounds or more. Like the Himalayan Black Bear the Sloth Bear has a white 'V' on its chest. Fruit, honey and insects, especially termites, are the most important food. The Sloth bear is quite common in the Park, which is an ideal habitat. The young are born after seven months and stay with the mother until they are two or three years old when they attain maturity.







- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 






 






WILD BOAR (sus scrofa)






With its sparse black coat and bristled mane a large boar may stand three feet at the shoulder and weigh 300 to 400 pounds. The males have razor sharp tusks. The wild boar is omnivorous and its diet includes roots, tubers, insects, snakes and carrion. They feed normally in the early morning or late evening. Four to six young are born at one time and the mother shelters them in a heaped up mass of grass or branches, which she builds before she litters.







- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 







ROYAL BENGAL TIGER (panthera tigris tigris)








Now on the "Endangered List" there are perhaps 2,000 survivors of this subspecies of the tiger in the entire Indian subcontinent. Supposedly nocturnal but certainly elusive, the essentially solitary tiger covers great distances and is a difficult animal to see in the wild. About 40 remain in the Park today, though conservationists say the figure is much higher.At the apex of the food chain in the Park, the Tiger hunts deer, wild boar, monkeys and large sized birds to form the bulk of its diet.

The male Tiger marks it's territory to protect the best hunting and mating grounds. Natural landmarks such as tracks, streams and solitary trees would mark the boundary of it's rather large
territorySpraying, scratching and rubbing itself against trees is the most common way of leaving it's "signature" for other tigers to recognize and acknowledge or in some cases challenge. Obviously, the strongest one would occupy the very best of hunting and mating grounds, relegating the vanquished to outlying areas. Not surprisingly, a male will tolerate several female in it's territory, though the

females are said to have mini territories within the larger male domain

We have come to recognize that the territory across the Rapti river from Safari Narayani Lodge is a prime area. Several tiger sightings along the many paths that criss-cross the jungle, and finding of several "markings" left by male tigers, has led us to conclude that this area is a prized one.

One of the most spectacular sightings witnessed by guests and staff of Safari Narayani Lodge was two years ago, when at the banks of the Rapti river, across from the Lodge, two males Tigers were locked in aggressive battle. The fight lasted about 15 minutes from which the victor, after inflicting visible wounds, left the defeated tiger to lick its wound and pride. For several days thereafter, the wounded tiger could be sighted in a secluded spot in the same vicinity. Very soon after, it vanished from the spot and obviously from the territory as well.

Talk to our Naturalist on the latest movement of the tiger in our area. For those interested in learning more about the tiger and its lifestyle, we strongly recommend reading Valmik Thapar's "Tiger". A copy of the book can be found in any major bookstore in Kathmandu.






 






 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -

.






 







LEOPARD (panthera pardus)












Although less common than in former times, but because of its greater adaptability, the leopard has been able to hold its own better that the tiger. The leopard will kill and eat anything it can overpower with safety - cattle, deer, monkeys, smaller beasts of prey, larger rodents, birds and reptiles. Being more tolerant of the sun, they frequently hunt by day, particularly if they have not secured food the previous night. They are not restricted to heavy forest or cover like tigers.It is quite common for the Leopard to carry it's prey up onto the branches of a large tree, away from other scavenging animals and especially from the tiger. Both guests and staff of Safari Narayani Lodge have witnessed this.






 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 






 






GANGETIC DOLPHIN (platanista gangeticus)

This fresh water dolphin, upto eight feet in length, is present in the Narayani River on the west side of the Park. It surfaces to breathe about every sixty seconds. Life in turbid waters has resulted in the extreme reduction of the eyes. The jaws of the animal are well adapted for browsing on bottom-living crustaceans. The colour ranges from dark lead to sooty black, with the older individuals having a few lighter patches on the sides. Normally one young is born after a gestation period of eight to nine months.







 






 






- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -










 






 







SMALL MAMMALS



These include Langur Monkey (presbytis entellus ), Rhesus Macaque Monkey (macaca mulatta), Jackal (canis
aureus), Indian Civet (viverra zibetha), Jungle Cat (fells viverrrina), Yellow-throated Marten (martes flavigula), Mongoose (herpestes edwardsi), Common Otter (lutra lutra), Large Flying Squirrel (petaurista petauista) and the India Porcupine (hystrix indica)







- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -






 






 






REPTILES







 






There are two kinds of crocodile in the Park. The Marsh Mugger (crocodilus palustris) a blunt nosed crocodile, which can attain a length of 13 to 14 feet, is found chiefly in the small lakes and rivers. It eats mammals, birds, turtles, fish and carrion.

The Gharial Crocodile (Gavialis gangeticus) with its characteristic long thin snout sometimes reaches a length of 20 feet. It is almost exclusively a fish-eater and is found mainly along the large fresh water areas and rivers, such as the Narayani and Rapti.

Another common reptile found in this area is the Monitor Lizard.

The India Python characteristically is found in or near the small lakes formed on old river courses. Poisonous snakes include the Common Cobra, the King Cobra, the Common Krait and the Green Pit Viper. There are also a wide variety of non-poisonous snakes.
Google